निर्वाचनलाई म्याग्दीमा मतदानकेन्द्र सम्म मतपत्र पु¥याउने कामलाई तीब्र बनाईएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायले निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मतपेटिकाको रुजु र प्याकेजिङको कामलाई तीब्र बनाईएको हो । कार्यालयका सहायक मतदान अधिकृत राजुप्रसाद ढुँगानाले पाँचदिन अघि मतदान केन्द्रमा मतपत्र र मतपेटिकाहरु पुग्नुपर्ने कानुनी मान्यता अनुसार नै प्राविधिक काम तीब्र बनाईएको बताए ।

मतदानकेन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत देखि सुरक्षाकर्मीको छनौटको काम पनि भइरहेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक तालिम समेत दिईनेछ । कठिन भुगोलका कारण मतपत्र र मतपेटिका पु¥याउन भने निकै चुनौती रहेको छ ।

दुईदिनको पैदलदुरीमा पुगिने गुर्जा र मल्कबाङ जस्ता क्षेत्रमा मजबुत सुरक्षाका साथ मतपत्र पु¥याइने र त्यसको आवश्यक रणनीति अख्तियार गरिसकेको सहायक निर्वाचन अधिकृत ढँुगानाले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार, प्रतिनिधीसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । त्यसका लागि ७२ वटा मतदानकेन्द्र र १०२ मतदानस्थल निर्धारण गरिएको छ ।

यसपटक कम उम्मेदवारले निर्वाचनमा भाग लिएका कारण मतदान सहज र बदर कम हुने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले शनिबारबाट बेनीमा मतदाता शिक्षाका लागि सामाजिक परिचालक, स्वयसेवक, सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गर्ने पनि जनाएको छ । ‘ढिला भएपनि हामीले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढँगले कार्यक्रम सञ्चालन गर्नेछौँ’, उनले भने । जिल्ला सुरक्षा समितिले मतदानकेन्द्रलाई सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालनको तयारी पनि गरिएको छ ।