म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनबाट एमालेकी उमेद्वार नरदेवी पुनले आफुँ राज्यमन्त्री हुदाँ म्याग्दी जिल्लालाई पशुपालन लगाएतका आवश्यक योजनाहरु कार्यान्वयनको तयारीमा रहेपनि विदेशीको इसारामा सत्ता परिवर्तन भएपछि अधुरो बनेको बताउँदै कार्यान्वयनका लागि आफ्नो विजय सुनिश्चित हुन आवश्यक रहेको बताईन् ।

टोललिे शुक्रबार मंगला गाउँपालीकाको विभिन्न बस्तीहरुमा घरदैलो कार्यक्रमको अवसरमा पश्चिम म्याग्दीका जनताको हरेक समस्याका बारेमा जानकारी रहेको बताउँदै विकास निर्माण, महिलाको रोजगार लगाएतका क्षेत्रमा बजेट भित्राउने प्रतिबद्धता समेत जनाइन् । उनले सडक नपुगेका गाउँबस्तीमा सडक सञ्जाल सहित महत्वपूर्ण योजनाहरु बनाएको बताउँदै बामपन्थीका उम्मेदवारको विजय सुनिश्चित रहेको समेत दावी गरिन् ।

मंगला गाउँपालीका २ सिमलचौर, कुकुर बिसौना, मिठौलामा घरदैलो गरिएको हो । उमेद्वार पुनले मतदाताको घरका साथै खेतबारीमै पुगेर मत मागिन् । टोलीमा पमंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायत एमाले र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।