लोकतान्त्रिक गठबन्धनको छापमा घरदैलो र अगुवा कार्यकर्ता भेटघाट

शनिबार लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका ५ छापमा घरदैलो तथा अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । आगामी मंसिर–१० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित भेटघाट कार्यक्रममा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्रदेशसभा क का उम्मेदवार भीमप्रसाद गौचनले बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका भित्रका समस्याहरु समाधान गर्न आफुँ प्रतिबद्ध रहेको बताए ।

‘लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले सरकारी सुविधालाई जनताको हितमा खर्च गर्ने प्रतिबद्धता जनाएका छौ । त्यही सुविधा जनताको घरदैलोमा पुगेपनि धेरै राहत मिल्छ’ उनले भने । जिल्लाभित्र आफुँले विगतमा पनि धेरै विकास निर्माणको काम गरेको बताउँदै यूवापुस्तालाई आर्कषित गर्ने योजना समेत रहेको बताए । ‘नयाँ पुस्ताका मतदाताले पनि मलाई चिन्नुभएको छ, धेरै पहिला भएका विकासे योजनाहरु अहिले पनि प्रयोग भइरहेका छन’ उनले भने ।

कार्यक्रममा गौचनले लोकतान्त्रिक मोर्चाको विजयले मात्र राष्ट्रमा स्वतन्त्रता हनन् नहुने बताए । भेटघाटपछि आयोजित नेपाली काँग्रेस बेनीनगरपालिकाका सभापति अनोद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले नगरबासीको समस्या समाधान गर्न आफु प्रतिबद्ध रहेको बताइन् । काँग्रेस नगर समितिका सचिब हरिप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रममा काँग्रेस र राप्रपाका कार्यकर्ताको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेविसंघका नेता हरिकृष्ण आचार्यले गरेका थिए । बेनी नगरपालिकमा लोकतान्त्रिक गठबन्धनले भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ ।

Leave a Reply