मंगल ग्रहमा जान नेपाली पनि उत्सुक, २६ सयभन्दा बढीले काटे टिकट

मंगल ग्रहमा जानका लागि २६ सय ३६ जना नेपालीले अग्रिम टिकट बुकिङ गरेका छन्।नासाले जनाएअनुसार अर्को वर्षको नोभेम्बर महिनामा त्यहाँ पुग्नका लागि नेपालीहरूले उत्सुकता जनाएका हुन्। मंगल ग्रहमा जानका लागि हालसम्म विश्वभरबाट चौबीस लाखभन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका छन्। जसमा सबैभन्दा बढी मानिस संयुक्त राज्य अमेरिकाबाट तथा त्यसपछि चीन र भारतबाट छन्।

अनलाइन टिकट व्यवस्था रहेको यस कार्यक्रमको लागि नासाले पछि अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ। त्यहाँ जानका लागि कति खर्च लाग्ने लगायतका विस्तृत विवरण नासाले सार्वजनिक गरिसकेको छैन।

Leave a Reply