यस्तो छ म्याग्दीमा निर्वाचनको तयारी (भिडियो)

आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तिब्र रुपमा अगाडी बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाभरको निर्वाचनको गतिविधि, आचारसंहितको पालना, मतपत्रको रुजु, ढुवानी, मतदानस्थलको स्थलगत अवलोकन, राजनीतिक दलसंगको अन्र्तरक्रिया, मतदान अधिकृतको नियुक्ती, तालिम,सुरक्षाकर्मी,म्यादी लगाएतका आवश्यक सुरक्षाको ब्यवस्था लगाएतको तयारीलाई तिब्रता दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बताउनुभयो ।

निर्वाचनको तयारीलाई तिब्रता दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सरोकारावाला निकायसंग आचारसंहित पालनाको अवस्था सदरमुकाम देखी ग्रामिण क्षेत्रसम्म, राजनीतिक दलको चुनावी अभियान, मतदाता शिक्षा,बहिस्कारबादीहरुको गतिविधि, राजनीतिक दलको गतिविधिमा संलग्न शिक्षकहरुलाई स्पष्टिकरण लगाएतका भयरहित वातावरणमा निर्वाचनलाई सम्पन्न गर्न आवश्यक सबै गतिविधिहरु गरिएको सहायक निर्वाचन अधिकृत ढुंगानाको भनाई छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि पटकपटक छलफल गरी सबै राजनीतिक दल विचको एकता र सहकार्यलाई समेत जोड दिइएको उहाँको भनाई छ । जिल्लामा नेकपा माओवादीको गतिविधिलाई समेत मध्यनजर गरी सुरक्षा ब्यवस्था कडा बनाइएको बताइएको छ ।

विगतका दुई संविधान सभा र स्थानीय तहको निर्वाचनमा देखिएका सुरक्षा चुनौती, भौगोलिक बिकटता, यातायात, सञ्चार, मतपेटिका ढुवानी, मौसम परिवर्तन,राजनीतिक दल विचको झडप लगाएत विभिन्न आधारमा अति, संवेदनशिल र समान्य अवस्थाको मतदान केन्द्रको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार समेत गरिएको छ । निर्वाचनमा बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका मतदानस्थलमा तीन तहको सुरक्षा ब्यवस्थाका साथै निर्वाचनमा कुनैपनि घटना हुन नदिने गरी योजना बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, मुख्य निर्वाचन अधिकृत रामकुमार कोइराला, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, श्रीबक्स गुल्मका गुल्मपती अनिलकुमार बुढाथोकी, शसस्त्र प्रहरीका डिएसपी शुशिल सुवेदी, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा लगाएतको टोलीले जिल्लाका विभिन्न स्थानको अनुगमन समेत गरेको छ ।

जिल्लामा निर्वाचन सुरक्षाका लागि बेनीमा पर्वतको कुश्मा स्थित शसस्त्र प्रहरीको चण्डीका गणबाट प्रहरी नायव उपरिक्षक शुशिल सुवेदीको नेतृत्वमा अस्थाई बेस क्याम्प स्थापना गरिएकाले पनि नियमित अनुगमन सहितको गतिविधिमा सहज भएको छ । जिल्लासंग सिमाना जोडिएका क्षेत्रमा समेत नियमित गस्ती सहितका सुरक्षा योजना अनुसार काम सुरु गरिएको छ । उनका अनुसार चुनाव प्रचारका क्रममा निर्वाचन आचार संहिता पालनाको अवस्थाको बारेमा समेत अनुगमन गरिरहेको बताए । जिल्लाभरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

Leave a Reply