विप्लपका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बेनी नगरपालीका ४ सुर्केमेलाका धनराम पुन र रोशन क्षेत्री नेकपा परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएको हो ।

पुन र क्षेत्रीलाई माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले स्वागत गर्नुभएको थियो । नेकपाको राजनितिक कार्यदिशा ठिक नभएको र एमाले माओवादीले गरेको बामगठबन्धनलाई सघाउने निर्णय गरेको उनिहरुले प्रकाशन गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply