भारत विरुद्धको जितमा नायक बनेका ऐरी

मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले  मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले हराउँदै इतिहास रचेको हो। नेपालले भारतलाई क्रिकेटको कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो।यसअघि नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो।

भारतलाई रोक्न नेपाली कप्तान ऐरीले १० ओभर बलिङ गर्दै २ मेडन राखेर ४ विकेट लिए। नेपालका लागि उनले १०१ बल खेल्दै ८८ रनसमेत बनाएका उनी म्यान अफ द म्याच समेत भए। आजको खेल नेपाललाई दिलाउन महत्वपूर्ण भूमिका निभाएका उनी ४ वर्षअघि महेन्द्रनगरबाट युथ–१९ प्रतियोगितामा सहभागी हुन काठमाडौं आउँदा दीपेन्द्रसिंह ऐरीको परिचय एउटा समान्य खेलाडीको थियो। उनलाई त्यतिबेला लागेको पनि थिएन, आफू युथ–१९ राष्ट्रिय टोलीको सदस्य बन्छु भन्ने। setopato.com

Leave a Reply