जेष्ठ नागरिकलाई उपचार

बेनी नगरपालिका–९ गलेश्वरमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्य परिक्षण गदैं एक बृद्धा । २०७१ सालमा गलेश्वर बृद्धआश्रममा बसोबास गर्ने विरामी,गलेश्वर बजार लगाएत आसपासका क्षेत्रका बासिन्दालाई लक्षित गरी स्थापना गरिएको इकाईलाई आवश्यक पर्ने भवन म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ लाख ६५ हजारको लागनमा स्थापना गरिएको थियो । बृद्धआश्रममा रहेका बृद्धबृद्धाको नियमित उपचारका साथै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको प्रवेशद्धार समेत रहेको गलेश्वरमा यात्राको क्रममा विरामी भएका र सरकारले निशुल्क उपलब्ध गराएका औषधी समेत सहजै उपलब्ध गराउने गरिएको छ । तस्विर बेनीअनलाइन

Leave a Reply