निस्कोटमा नेपाली कांग्रेसको आमसभा

नेपाली कांग्रेसले प्रदेश सभा ख को मालिका गाउँपालिका १ निस्कोटमा आम सभा सम्पन्न भएको छ । सभालाई सम्वोधन गर्दै प्रदेश सभा ख का उम्मेदवार अमलाल फगामीले म एक इमान्दार प्रतिनिधिको रुपमा पश्चिमको यो त्यो नभनी पश्चिम म्याग्दीलाई एक नमुना क्षेत्रको रुपमा बिकसित गरि देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

पश्चिम म्याग्दीका जनताको ईच्छा अनुसार यहाँको पर्यटन कृषि,सडक जडिुबुटी लगायतको संभाब्यता अध्ययन गरि अगाडि बढ्ने बताउनु भएको छ । प्रतिनिधी सभा समानुपातिक उमेद्वार त्रिलोक चन्द्र बिकले नेपाली कांग्रेको नेतृत्वमा निर्माण भएको संविधानलाई संसोधन कार्यन्वयन गर्न,राष्ट्रलाई जोगाउनको लागि भएको लोकतान्त्रीक गठबन्धन नेपालको आवश्यकता रहेको बताउदै लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।

निस्कोट गाउँ कार्य समिति सभापति तुल बहादुर पुनको सभापतित्व सचिव लेक बहादुर पुन संञ्चालन वडा सदस्य दिलकुमार पुनको स्वागतमा सम्पन्न सभामा नेपाली कांग्रेसका सल्लाकार शिमबहादुर पुर्जा ,नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य अजय मिलन श्रेष्ठ, नेपाल दलित संघका अध्यक्ष थमन घिमिरे बिक,राप्रपाबाट समानुपातिक उमेद्वार दिलमाया छन्त्याल,वडा सदस्य टंकप्रसाद पुन निस्कोट मुखिया भाई बन्धु समाज कोषाध्यक्ष गंगादल पुन ,राप्रपाका भक्त प्रसाद बिक लगायतले नेपालीहरुको पहिचानलाई जिवित राख्नको लागि नेपालमा लोकतान्त्रीक मुल्य मान्यता हुनु पर्ने बताउदै लोकतन्त्र रहेमात्र नेपाली भनेर पहिचान रहने बताएका छन । कार्यक्रममा बिभिन्न सास्कृतिक प्रस्तुतिहरुपनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply