‘क्षणिक आश्वासनले भोट पाईदैन’ (भिडियो)

0
220

बेनीनगरपालिका–५ दलितबस्तीमा खानेपानी,शैक्षिक पु्र्वाधार सहित आधारभुत आवश्यकता पुरा गर्ने बाचा उम्मेदवारले धेरैपटक गरे ।चुनावको मुखमा पुरुन्नेको दलितबस्तीमा पुग्ने दलका कार्यकर्ता र उम्मेदवारले दिएका आश्वासनहरूलाई गाउँलेले सुरक्षित राखेका छन् । चु्नावको मुखमा लर्को लागेर गाउँ पस्ने गरेका दलले खाद्यान्न साम्रागी, मासु, नगद तथा विकासका आश्वासनबाटै भोट थाप्ने गरेका थिए ।

पछिल्ला तीनवटा निर्वाचनमा पुरुन्नेबासीलाई राजनीतिक दलले आर्थिक प्रलोभन तथा विकासका योजनाहरू ल्याउने आश्वासनबाट भोग मागेका प्रसस्तै उदाहरणहरू छन् । पहिलो र दोस्रो संविधानसभा, स्थानीय निर्वाचनमा उम्मेदवारबाट दिएका आश्वासनका केही योजनाहरु मात्रै पुरा भएपनि नेपालकै नमुना गाउँ बनाउन सकिने स्थानीय दलित अगुवा टिकाराम परियार बताउँछन् ।

‘आश्वासनको उचाई सगरमाथा भन्दा ठुलो भइसक्यो,यहाँका जनताको समस्या जस्ताको त्यस्तै छ’ परियारले भने । उनले दलित जनतालाई निर्वाचनमा मात्रै सिमित आश्वासनबाट प्रयोग गर्ने गरिएको बताउँदै अहिले त्यो सम्भव नभएको बताए ।‘हामीले पनि निगरानी गरिरहेका छौ, दलितहरु शिक्षित भइसकेका छन्, ब्यक्तिगतभन्दा पनि समाजका लागि प्राथमिकता दिने गरेका छन्’ जनकल्याण मावि पुलाचौरका शिक्षक समेत रहेका परियारले भने ।

अशिक्षित, बेरोजगारी, आर्थिक अवस्था कमजोर लगाएतका समस्या झेल्दै आएका पुरुन्नेबासीलाई अभावमा दवाव र प्रभावमा पार्ने गरी निर्वाचनमा भोट थाप्न जाने नेताहरूलाई आगामी निर्वाचनमा गतिलो सन्देश दिने तयारीमा पुरुन्नेबासी छन् ।‘नोट र आश्वासनले भोट पाईदैन् । विगतमा दिएका आश्वासन पुरा नगरे भोट माग्न आउनुपदैंन’ खेमलाल विश्वकर्माले भने । उनले आश्वासन मनको लडु भएकाले त्यसलाई खान नसकिने बेनीअनलाइसंग बताए ।

उनले अभावमा रहेका जनतालाई दुईतीन छाक खान दिएर भोट माग्ने गरेका विगतमा दिनहरुलाई सम्झिएका धेरैले पछुताईरहेको बताउँदै विगतका आश्वासनहरुले नेताहरुलाई प्रहार गर्ने बताए । जनचेतनाको अभावमा समाजमा उपल्लो जाती भनिनेहरूबाट सधै दवाव र प्रभावमा पर्ने गरेका पुरुन्नेका यूवाहरू धमाधम विदेशमा रोजागरीमा जान थालेपछि गाउँमा आर्थिक तथा सामाजिक रुपमा समेत ब्यापक परिवर्तन आएको छ ।

एकदशक अगाडीसम्म छिमेकीको भरमा जीवन निर्वाह गर्ने गरेका पुरुन्नेबासीका करिव १०३ घरधुरीबाट अधिकांस बैदेशिक रोजगारमा गएका छन् । आर्थिक अवस्थामा परिवर्तन भएपछि गाउँमा सरसफाई, विकासे गतिविधि, समाजिक कार्य तथा साक्षरयुक्त समाज निर्माणको अभियानसंगै सिनो र पाडापाडी निषेशको अवस्था समेत सृजना भएको छ ।मासिक करिव १० लाखभन्दा धेरै रकम भित्रिने पुरुन्नेका बालबालिकाहरु गाउँ आसपासका क्षेत्रमा रहेका विद्यालयमा समेत आफुँलाई अब्वल सावित गरिरहेका छन् ।

शिक्षामा समेत जनकल्याण मावि, चेतना आधारभुत विद्यालय, सरस्वती आधारभुत र बरनाथ आधारभुत विद्यालयमा अध्ययरत बालबालिकाहरुको शैक्षिक अवस्थाले समेत गाउँमा परिर्वतनको थालनी भएको छ ।फेन्सी, सिलाइकटाई, खुद्रा पसल तथा विदेशबाट फर्किएकले फर्निचर लगाएतका ब्यवसायमा आवद्ध रहेका पुरुन्नेबासीको घरभित्र आर्कषक टिभी, गोठमा दुहुनो भैसी,हातमा मोवाईल र बैंकमा पैसा छ ।कुनै सम्पन्न गाउँजस्तै देखिने पुरुन्नेका सडकहरू काटिने सिनोहरु देखिन छाडेका आधादशक भन्दा धेरै भइसक्यो । यसैविच चुनावी अभियानमा केन्द्रित राजनीतिक दलको चुनावी अभियानमा पुगेर समेत आफ्ना भनाई राख्न थालेका छन् ।

बैदेशिक रोजगारमा गएका पुरुन्नेका यूवाहरुले समेत ब्यक्तिगत लाभ भन्दा सामुहिक योजनाका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने गरी एकजुट भएर विकासका योजनाहरु माग्न परिवारलाई सामाजिक सञ्जाल, फोन मार्फत अनुरोध गरेका छन् । पुरुन्नेबासीमा आएको परिवर्तनसंगै छिमेकी नयाँगाउँमा समेत स्थानीयले क्षणिक आश्वासन र लाभभन्दा दिर्घकालिन योजनाहरु माग गरेको बताउँछन् । ‘अव पनि भोट बैंकको रुपमा प्रयोग गर्ने कल्पना नगरे हुन्छ ।

आफ्नो मतअधिकार कसैको दवावमा प्रयोग गर्नेवाला छैन’ नयाँगाउँका राजु नेपालीले भने ।उनले नगद आर्जन गर्ने दलका नेताहरुका लागि समेत अहिलेको परिवर्तन फलामको चिउरा जस्तै सावित हुने उनले दावी गरे । दलितबस्तीमा सडक, खानेपानी, स्वास्थ्य क्लिनिक, आसपासका क्षेत्रमा खेलकुद मैदान लगाएतका योजना आवश्यकता रहेको बताउँदै दुइचार सय रुपैयाँमा मत खरिद विक्री नगर्न गाउँलेलाई समेत अनुरोध गरेका छन् ।

दलित समुदायमा अशिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी, खानेपानी, नियमित उपचार र दलित बालबालिकालाई निशुल्क शिक्षा सहित आधारभुत आवश्यकतालाई प्राथमिकता दिएका छन् । यसैविच बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा रहेका दलित अगुवाले अति आवश्यक योजनाहरुमा प्राथमिकता दिन माग गरेका छन् । २०६८ सालको जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या एकलाख १३ हजार ६४१ मा ३० हजारको हाराहारीमा दलित रहेको तथ्याङ्कले देखाउँछ ।