सुत्केरी महिलाको मृत्यु

0

बच्चा जन्मेपछि समयमै साल नआउँदा अत्यधिक रक्तश्रापका कारण एक सुत्केरी महिलाको अकालमै ज्यान गएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका –४ खिबाङ्गका २३ बर्षिय सर्मिला रसाइलीको आइतबार साँझ ज्यान गएको हो । बिहान घरमै सुत्केरी भएकी रसाइलीको सकभर बच्चासँगै ढिलामा आधाघण्टा भित्र आउनुपर्ने साल नआएपछि उनलाई ताकम स्वास्थ चौकी लगिएको थियो । ‘तर, त्यतिबेला नै उनको शरिरबाट एकदमै धेरै रगत गइसकेको थियो ।

त्यहाँ साल झिकेपछि उनलाई थप उपचारका लागि दरबाङ प्राथामिक स्वास्थ्य चौकीमा रिफर गरियो’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रोशन न्यौपानेले भने, ‘तर, उनको दरबाङ आउँदा नै ज्यान गइसकेको थियो ।’ बच्चा भने सकुशल रहेका छन । गाउँमा रगत अभावकै कारण सुत्केरीले ज्यान गुमाउनुपरेको डा. न्यौपानेले जानकारी दिए । ‘यसबाट हामीलाई दरबाङमा पनि रक्तसञ्चार केन्द्र राख्नुपर्ने महसुस गरायो’, उनले भने ।