मतदाता शिक्षा फितलो :राजनितिक दल,सुरक्षा व्यवस्था उच्च :प्रजिअ

0
210

आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मतदाता शिक्षा फितलो भएको राजनितिक दलहरुले बताएका छन। मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय र राजनीतिक दलहरुसंगको परामर्शमा प्रशासनले सुरक्षाको बिपषमा भएको छलफलमा निर्वाचनबाट परिचालन भएका स्वंयसेवकहरुले मतदाताहरुलाई आफ्नो बिचारको मतदान चिन्हमा मतदान गर्न सिकाउने आरोप लगाउदै मतदाता शिक्षाको अनुगमन गर्न अनुरोध गरेका छन ।

यता जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले आवश्यक सामाग्री लिएर स्वंसेवक गाउँगाउँमा खटिइसकेको संगसंगै अनुगमन गरिने जानकारी दिनुभयो । छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले निर्वाचनलाई चुस्त र प्रभावकारी बनाउने उद्धेश्यले उच्च सुरक्षा व्यवस्था गरिएको बताउदै नेपाल प्रहरी र शसस्त्र प्रहरीको थप जनशक्ति झिकाइने भएको बताउनु भएको छ । निर्वाचन बिरोधी गतिबिधि गरि कार्यकर्ता, सर्वसाधारणलाई आतंकीत पार्ने गतिबिधि गर्नेहरुलाई निगरानी बढाइएको प्रजिअ अधिकारीले भनाई छ ।

म्याग्दीका मतदान स्थलहरुलाई अतिसंवेदनशिल, संवेदनशिल र सामान्य भागमा बिभाजन गरेर आवश्यक सुरक्षा रणनीति अपनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार आयोजित बताउनुभयो । लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । यस भन्दा पहिलाको स्थानिय निकायको निर्वाचनलाई हेरी सुरक्षाका दृष्टिकोणले म्याग्दीका २२ वटा मतदान स्थललाई अति संवेदनशिल, ३८ वटालाई संवेदनशिल र १२ वटालाई सामान्यको सूचीमा राखिएको छ ।

राजनितिक दलहरुबीच हुने अस्वस्थ्य प्रतिस्पर्धा, शक्ति प्रर्दशन, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिबिधि, विगतका चुनावमा भएका घटना, भौगोलिक बिकटतालाई विश्लेषण गरेर सुरक्षा रणनिति अपनाइएको हो । संवेदनशिल क्षेत्रहरुमा गोलाप्रथाबाट मतदान अधिकृत छनौट गरेर पठाउने तयारी भएको छ । जिल्ला भित्र्ने नाकाहरुमा शसस्त्र प्रहरीले चेकचाँजमा कडाई गर्नुका साथै नगरपालीका क्षेत्रमा रात्रीकालीन गस्ती सुरु गरेको छ । सरकारले म्याग्दीलाई सुरक्षाका हिसावले संवेदनशिल जिल्लाको सूचीमा राखेको छ।

अनुगमनका क्रममा म्याग्दी आउनुभएका निर्वाचन आयोगका सचिव बलराम गौतम र सहसचिव डाक्टर हरि पौडेलले आचार संहिता पालनाप्रती संवेदनशिल बन्न दल तथा उमेद्वारहरुलाई आग्रह गर्दै चुनाव रुपी महाउत्सव सफल बनाउनु सबैको दायीत्व भएको बताउनुभयो ।मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले स्वतन्त्र, निष्पक्ष रुपमा निर्वाचन गराउने विषयमा ढुक्क हुन दलहरुलाई आग्रह गर्दै आवश्यक वातावरण बनाउन पनी अनुरोध गर्नुभयो । छलफलमा नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका गोविन्द पौडेलले आफनो धारण राखेका थिए ।