घारका यूवाहरू ‘आफ्नो गाउँ आफै बनाउँ’

0
383

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा जन्मिएका यूवाहरूले ‘आफ्नो गाउँ आफै बनाउँ’ अभियान सुरु गरेका छन् । घारमा जन्मिएर विश्वका विभिन्न देशमा रोजगारी, ब्यापार, शिक्षा लगाएतका क्षेत्रमा संलग्न यूवाहरुले आफ्नो गाउँका विभिन्न समस्यालाई केन्द्रित गरी ‘मातृभूमि सेवा घर’ नामक संस्था स्थापना गरेका छन् ।

संस्थाको स्थापना संगै पहिलो प्राथमिकता गाउँमा एम्बुलेन्स मार्फत विरामीको नियमित उपचार, आर्थिक, शैक्षिक, स्वास्थ्य, ब्यक्तित्व विकास, सिपमुलक तालिम, दक्ष जनशक्ती परिचालन, स्थानीय स्रोतसाधनको प्रयोग, दिगो आयआर्जनका क्षेत्रहरुमा समेत प्राथमिकता दिने अध्यक्षम बद्री बरुवालले बताए ।

‘यो गैरराजनीतिक सस्था हो, हामीले गफ भन्दा पनि काममा विश्वास गछौ’ बरुवालले बेनीअनलाइनलाई भने । उनले राजनीतिक आर्दश, भाषण र अनावश्यक आश्वासनबाट आजित भएका गाउँलेलाई प्रवासमा रहेका यूवाहरुको उपहारको रुपमा समेत संस्थाको स्थापना गरिएको बताए । उनले संस्थाको पहिलो काम सेवामुलक हुने बताउँदै आर्थिक संकलन अभियान समेत सुरु गरिएको बताए ।

म्याग्दीकै प्रमुख पर्यटकीयस्थल घोरेपानी, पुनहिल समेत रहेका घारमा पर्यटन, जलविद्युतका साथै अन्य विभिन्न आयआर्जनका क्षेत्रमा समेत लगानी आवश्यकता रहेको संस्थामा संलग्न यूवाहरुको भनाई छ । संस्थाको तर्थैद समितिमा विभिन्न देशबाट प्रतिनिधित्व गरेका छन् । आफ्नो गाउँलाई आफ्नै सक्रियता आवश्यकता पर्छ भन्ने सन्देश सहित स्थापना गरिएको संस्थाले नियमित कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना सहित स्थापना भएको संस्थाले शैक्षिक र स्वास्थ्यको क्षेत्रबाट आफ्नो अभियानको सुरुवात गर्ने तयारी गरेको छ ।

संस्थागत विवरण
कार्य समिति :-
1) अध्यक्ष :- बद्री बरूवाल – अष्ट्रेलिया
2) उपाध्यक्ष :-
क: कृष्ण खड्का – कूवेत
ख: बिष्णु प्रसाद बरुवाल (सुबोध) -साउदिअरेविया
ग:रामकृष्ण खड्का – नेपाल
3) सचिव :-ठकराज बरूवाल – नेपाल
क) सह सचिव :- भूपेंद्र बरूवाल – जापान
ख) सह सचिव:-खिम खड्का – कोरिया
4) कोषाध्यक्ष :- भक्त ब, बरूवाल – नेपाल
5) सह- कोषाध्यक्ष :-शोभाकार बरूवाल – अस्ट्रेलिया
(जम्मा 9 जना)
(ख) देश प्रतिनिधि :
1) जापान :- रामू खड्का/राजकुमार खड्का/रूपचन्द्र बरूवाल/शाहील खड्का/निर्मल बरूवाल
2) अमेरिका :- पूर्ण बरूवाल/दल ब, बरूवाल
3) अस्ट्रेलिया :- भगवान् भण्डारी/सूबिन बरूवाल
4) कोरिया :- सूरेन्द्र खड्का
5) कूबेत :- मोहन बरूवाल/ मेख खड्का/डम्मर नेपाली
6) यूरोप :- देब खड्का/राजेश बरूवाल
7) साऊदी :- महेश्वर बरूवाल/ रबि बरुवाल/ सोम बि. क
दूवई :- रत्न बरूवाल /भानूभक्त खड्का
9) पोर्चूगल:- जानकी खड्का/ डम्मरसीड़ खत्री /सूमन खड्का
10) कतार :- गूरूराज बरूवाल / भगवान बरूवाल/ तुल ब.बरूवाल/कृष्ण खड्का
11) अफगानिस्तान: अमृत बूढाथोकी
12) इन्डिया :- डिल ब. बरूवाल
13) बेल्जियम :- नारायण खड्का
14) यू के प्रतिनिधि :- दिपक गर्बूजा
14) घार प्रतिनिधि :- कृष्ण खड्का / बिमल बरूवाल/ यूवराज बरूवाल
पोखरा प्रतिनिधि:- प्रेमशंकर बरूवाल
काठमाडौ प्रतिनिधि :- प्रशान्त रेग्मी /अर्जुन बरुवाल
चितवन प्रतिनिधि :- राम बरूवाल
म्याग्दी प्रतिनिधि :- सूजन/ईश्वर बरूवाल
केन्द्र प्रतिनिधि 6 जना
(घ) प्रमुख सल्लाहकार:
प्र अ. मेख ब. खड्का
दतिवल खड्का
सु. बहूत ब. बरूवाल
मीन ब. खड्का
गोकूल बरूवाल
शिब कूमार बरूवाल
नारायण पुन
राजाराम बरूवाल
शोभित खड्का
डा. होम ब. बरूवाल
खड्क गिरी
अन्नपुर्ण-6म्याग्दि जन्म भई हाल बिभिन्न स्थानमा रहनुहुने सम्पुर्ण सदस्य रहनेछन।

(ड़) सरंक्षण :-
वडा अध्यक्ष तथा गाऊ पालिका मातहत