आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधवार रघुगंगा गाउँपालिका १ बेगमा चुनावी सभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेको पोलिटब्यूरो सदस्य थममायाँ थापाले देशको विकास र संविधानको कार्यान्वयनका लागि बामपन्थीहरुले निर्वाचनमा बहुमत ल्याउन पर्ने बताउनुभएको थियो ।

जनतालाई समृद्ध बनाउन र जिल्लाको विकास गर्नका लागि वामगठवन्धनको विकल्प नभएको दोहोराउँदै थापाले वाम गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले जिल्लाको उम्मेदवार थापाले संबिधानको कार्यान्वयन गर्दै देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन वाम गठवन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

म्याग्दीको विकासका लागि जलविद्युत,पर्यटन,कृषि,जडिवुटी र पशुपालनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउँदै थापाले वामगठवन्धनका उम्मेदवारहरु निर्वाचित भए विकासका यिनै श्रोतहरुलाई प्रयोग गरी समृद्ध जिल्ला बनाउन थालनी गर्छौ भन्नुभयो

त्यसैगरी प्रदेशसभा क्षेत्र (क) का माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले स्थानीय स्रोतहरुको अधिकतम उपयोग गर्दै जिल्लामा रोजगारीको श्रृजनागरी विदेशिनु पर्ने वाध्यताको अन्त्यका लागि पनि वाम गठवन्धनको जित आवश्यक रहेको बताउनुभयो ।युवाहरुलाई रोजगारी,बृद्धबृद्धाहरुलाई सम्मान सहितको बुढ्योली र विकासका पूर्वाधार निर्माणका लागि वाम गठवन्धनलाई भोट दिई विजयी बनाउन आग्रह गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले संविधानको कार्यान्वयनसंगै आर्थिक विकास अहिलेको आवश्यकता भएकोले यो आवश्यकतालाई वामपन्थी शक्तिहरुले मात्र पूरा गर्न सक्ने बताउनुभयो ।कार्यक्रम एमाले वडा समिति अध्यक्ष नरशिंह पुनको अध्यक्षता,भवेन्द्र शेरपुंजाको स्वागत र सुवाश विकको संचालनमा सम्पन्न भएको थियो ।