डोजर लगाएर सडक निर्माण गरी आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्न खोजेको भन्दै विभिन्न रघुगंगा र मंगला गाउ“पालिका विरुद्ध उजुरी परेको छ । रघुगंगा गाउ“पालिकाले लोकतान्त्रिक गठवन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहाद्र गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउ“पालिकाले एमालेबाट प्रदेश सभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित बनाउन डोजर प्रयोग गरेको छुट्टाछुट्टै उजुरी परेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन कार्यालयका आचार संहिता अनुगमन अधिकृत छविन्द्र वेलवासेका अनुसार कार्यालयले दुवै गाउ“पालिकालाई तिन दिन भित्र उक्त सडक निर्माणको बजेट, कार्यक्रम, लागत अनुमान र कार्यादेश, गाउ“कार्यपालिकाको निर्णय सहित कागजात मागिएको छ । बेनी नगरपालिका, ९ घतानका खिमबहादुर चोखालले तस्वीर सहित रघुगंगा गाउ“पालिकाले निर्वाचन आचार संहिता विपरित झिं–पाखापानी सडक निर्माण गरेको उजुरी गरेका छन ।

त्यसैगरी का“ग्रेस जिल्ला सचिव मीनबहादुर कार्कीले मंगला गाउ“पालिकाले कुहु“–काउले सडक निर्माण गरिरहेको उजुरी गरेका छन ।प्रमुख, उपप्रमुख समेत दुई तिहाई बहुमत का“ग्रेसले नेतृत्व गरेको रघुगंगा गाउ“पालिले लोकतान्त्रिक गठवन्धनका प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको जन्मगाउ“ पाखापानी जोड्ने सडक निर्माण गरेको हो । गर्वुजा र गौचन दुवै उम्मेदवारका बासिन्दा हुन ।

त्यसैगरी एमाले समेत वामगठवन्धनको पूर्ण नेतृत्व रहेको मंगला गाउ“पालिकाले पनि एमालेबाट प्रदेश सभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित उनकै गाउ“मा वस्ती जोड्ने सडक निर्माण गरेको उजुरी परेको हो ।
‘निर्वाचन आचार संहिता लागु भएपछि विभिन्न गाउ“पालिकामा डोजर लगाएर मत प्रभावित हुनेगरी सडक निर्माण भैरहेको उजुरी परेका छन’ मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले भने, ‘सरोकार पक्ष्ँलाई पत्र लेखी सचेत गराउनुको साथै उजुरीको सत्यतथ्यमाथी अनुसन्धान सुरु गरेका छौं ।’  घनश्याम खड्का