लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले आगामी मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा विजयी भएपछि म्याग्दीमा कम्यूनिष्टहरुले २५ र्वामा गर्न नसकेका विकासका काम आफूँले ५ वर्षमा गरेर देखाइदिने दावि गर्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धनले विहीवार अन्नपूर्ण गाउँपालिका ६ घारमा आयोजना गरेको चुनावि सभामा बोल्दै गर्वुजाले कम्युनिष्टहरुले काम गरेर होइन अरुलाई गाली र वदनाम गरेर आफ्नो दुनो सोभm्याउन जानेका बताउँदै त्यस्ता कुराहरुमा विश्वास नगरी लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी बनाउन आग्रह गर्नुभयो ।

अपार प्राकृतिक सम्पदा र प्रचुर पर्यटकीय संभावना भएको म्याग्दी जिल्लामा समृद्धि र विकासको दुहाइ दिएर नथाक्ने कम्यूनिष्ट पार्टीहरुले विगत २५ वर्षसम्म के हेरेर बसेका थिए ? भन्ने प्रश्न गर्र्दै गर्वुजाले कम्यूनिष्टहरु हल्लाको खेती गर्ने र पानी माथिको ओभानो वनि जस जति आफूले मात्र लिन खोज्ने तर काम भने केही नगर्ने जमातहरुको पार्टी भएको हुँदा त्यस्ताको विश्वास नगर्न मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

आफूलाई टुरिष्ट उम्मेदवार भनेर २०७० सालको निर्वाचनमा प्रचार गरेका कम्यूनिष्टहरुले अहिले पनि विभिन्न प्रोपोगण्डा अपनाएर लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई वदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।

जनताको आर्थिक समृद्धिका लागि जलविद्युत,पर्यटन,उद्योग कलकारखाना,खानी उत्खनन् जस्ता दीर्घकालिन विकासका योजनाहरु संचालन गर्नुका साथै कृषि,पशुपालन,साना तथा कुटिर उद्योग संचालन,वनपैदावर जस्ता उत्पादनशील क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने र उनीहरुलाई आवश्यक लगानी र प्राविधिक ज्ञानका लागि विभिन्न किसिमका तालिमहरु संचालन गर्ने बताउनुभयो ।

त्यसैगरी प्रदेशसभा ‘क’का उम्मेदवार भीमप्रसाद गौचनले आफूलाई लगाइएका आरोपहरु सबै झुठा र कम्यूनिष्टहरुले आफूले जित्नका लागि रचेका प्रोपोगण्डामात्र भएको बताउँदै अहिलेको निर्वाचन गाइको दुध खाने र मासु खाने विचको लडाई हो भन्नुभयो । नेपाल हिन्दू राज्य हुनुपर्ने बताउँदै गौचनले सबै धर्म मान्ने व्यक्तिहरुलाई उत्तिकै सम्मान र अधिकारको व्यवस्थाका लागि राप्रपाले संविधान संसोधनको प्रस्ताव ल्याउन लगाएको बताउनुभयो ।

त्यस्तै निवर्तमान सांसद एवम् म्याग्दी कांग्रेसका निवर्तमान सभापति रेशमवहादुर वानियाँले नेपाली कांग्रेस विकासवादी पार्टी भएको बताउँदै बेनी–जोमसोम,बेनी–दरवाङ र शिखदेखि उल्लेरीसम्मको मोटरबाटो नेपाली कांग्रेसकै पहलमा निर्माण तथा स्तरोन्नति भएको बताउनुभयो । देशमा चुनौति देखिएको बेला नेपाली कांग्रेसको नेतृत्वमा नै ठूलाठूला राजनीतिक परिवर्तनहरु भएका वताउँदै वानियाँले संविधान कार्यान्वय,विकास र समृद्धिका लागि पनि नेपाली कांग्रेसको नेतृत्व रहेको लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मत दिई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्र्रदेश सभा समानुपातिक उम्मेदवार विमला गौचन ,प्रतिनिधि सभा समानुपातिक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, राप्रपाका समानुपातिक उम्मेदवार डम्वर सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य केवि भण्डारी,ओम छन्त्याल,कृष्ण वरुवाल, अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमवहादुर गर्वुजा पुन,कुसुम मल्ल र भरत रकालले पनि लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी गराउन आग्रह गर्नुभएको थियो । कार्यक्रम गाउँ कार्यसमितिका सभापति राम खड्काको अध्यक्षता, निवर्तमान सांसद रेशमवहादुर वानियाँको प्रमुख आतिथ्यता, प्रतिनिधि सभाका उम्मेदवार खमविर गर्वुजा र प्रदेश सभा ‘क’का उम्मेदवार भीमप्रसाद गौचनको विशिष्ट आतिथ्यता,वडा सदस्य क्या.रविन्द्र पुनको स्वागत र सुजन वरुवालको संचालनमा सम्पन्न भएको थियो । धु्रबसागर शर्मा

 

विज्ञापन