बागलुङ मंसिर २० । भारत देखी चीनको कोरला जोड्ने कालीगण्डकी करिडोरको धौलागिरी क्षेत्रको ट्रयाक खोल्ने कार्यलाई तिब्रता दिईएको छ । उत्तर दक्षिण कालीगण्डकी करिडोर लोकमार्ग आयोजनाको बागलुङ सदरमुकाममा कार्यालय राखी तयारी तिव्र पारिएको हो ।
नवलपरासी देखी पाल्पा, गुल्मी, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ हुदै चीनको कोरला नाका सम्म करिडोरको ट्रयाक खोल्नका लागि चालु आर्थिक बर्षमा १० करोड बजेट बिनियोजन गरिएको छ ।
करिडोरको धौलागिरी क्षेत्र अन्र्तगत पर्वतको सेती बेणी फलेबासमा काम शुरु भएको र गुल्मी पुर्तिघाट हुदै बागलुङ, म्याग्दी र मुस्ताङ पु¥याउन यसै महिनाको अन्त्य सम्ममा ठेक्का दिने काम सकिने सिनियर डिभिजन इन्जिनियर बिष्णु पौडेलले बताए । उनले आगामी पुस महिनाबाट काम शुरु गरिने जानकारी दिए ।
करिडोरका ट्रयाक खोल्ने कार्यलाई तिव्रता दिनका लागि आयोजना कार्यालयमा ११ जना इन्जिनियर, सवइन्जिनियरको दरबन्दीको व्यवस्था गरिएको र आगामी दुई बर्ष भित्रमा जिप र ट्याक्टर सन्चालन गर्ने अवस्थामा करिडोरलाई पु¥याउने प्रमुख पौडेलले बताए ।