कुहूँमा चुनावि सभाः हरेक म्याग्देलीको घरदैलोमै विकासको अनुभुती दिलाउने छु: गर्बुजा

0
199

नेपाली काग्रेस राप्रपा गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले जनताको कर र राज्यको ढुकुटीबाट निर्माण भएका विकास निर्माणका योजनाहरुलाई कम्यूनिष्टहरुले आफ्नै सम्पत्ति खर्च गरेर निर्माण गरेजस्तो गरी प्रचार गरेर जनतालाई भ्रममा पारिरहेका बताउनुभएको छ ।

यही मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेशसभा निर्वाचनको लागि चुनावी अभियानका क्रममा शनिवार मंगला गाउँपालिका १ कुहूमा आयोजित चुनावी सभामा वोल्दै उम्मेदवार गर्वुजाले अव पनि जनतालाई भ्रममा राख्ने र आफ्नो विरुद्ध असहमति जनाउनेलाई सत्तोसराप गरी हरेक कुराहरुमा निषेध गर्ने प्रवृति अधिनायक वाद नभएर अरु केहो ? भनि प्रश्न गर्नुभयो ।

कम्यूनिष्टहरु अधिनायकवादी हुन् र उनीहरुले मुलुकमा अधिनायकवाद कायम गर्न चाहन्छन् भन्नेकुराको प्रमाण खोज्न टाढा जानु नपर्ने बताउँदै गर्वुजाले भन्नुभयो सामाजिक संजालमा अभिव्यक्त भएका उनीहरुका गतिविधिले नै अधिनायकवाद लाद्न खोजेको पुष्टि गरेको छ । उहाँले कुहुँको स्वास्थ्यचौकी भवन, दिपशिखा माविको स्थापनादेखि उच्च मावि वनाउने काम नेपाली कांग्रेसकै अग्रसरतामा सम्पन्न भएको बताउँदै गर्वुजाले नेपाली कांग्रेसले कहिल्यै पनि विकासमा विभदे नगर्ने र सवै जनता र क्षेत्रलाई समानरुपमा व्यवहार गर्छ भन्नुभयो ।

काग्रेस राप्रपा गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी बनाउन मतदाताहरुसंग आग्रह गर्दै गर्वुजाले अपार प्राकृतिक सम्पदा र प्रचुर पर्यटकीय संभावना रहेकोे म्याग्दी जिल्लामा यतिका वर्ष चुनाव जितेर लाल किल्ला बनाएका छौं भन्ने कम्युनिष्टहरुले विकासको नाममा सानो काम पनि नगरेका र पछि पनि उनीहरुबाट विकासका कामहरु हुनै नसक्ने दावि गर्दै विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नरहेको बताउनुभयो ।

त्यसैगरी प्रदेश सभा ‘ख’ का उम्मेदवार अमलाल फगामीले आफूहरु भाषण होइन काम गरेर देखाउने बताउँदै प्रदेश सभा ‘ख’मा रहेका प्राकृतिक सम्पदाहरुको अधिकतम प्रयोग हुनेगरी योजना बनाउने,युवा जनशक्तिलाई रोजगारमूलक कार्यमा लगाउने,सीप र क्षमताको अधिकतम प्रयोगहरु स्वरोजगार बनाउने जस्ता नीतिहरु लोकतान्त्रिक गठवन्धनको रहेका छन् भन्नुभयो । संविधानको कार्यान्वयन,विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नरहेको उहाँको भनाइ थियो ।

दुवै उम्मेदवारले आफुँले विजय भएको महिना देखिनै प्राप्त हुने सेवासुविधा म्याग्देलीको नाममा स्थापना गर्ने अक्षय कोषमा जम्मा गर्ने घोषणा समेत दोहोराउँदै नेपाली कांग्रेसदे अगाडी सारेको जन्मिनु अघि कोखमा रहेको बेला देखी मृत्युसम्मको संस्कारमा हरेक म्याग्देलीलाई अनुभुति दिलाउने गरी एकिकृत सामाजिक सुरक्षा अवधारणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । दुवै उम्मेदवारले जीवन रहँदा मात्र हैन जीवन सकिएर मृत्यु हुँदा पनि काँग्रेसले मृत्यु संस्कार र सम्मान खर्च स्वरुप १० हजार उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार त्रिलोकचन्द्र विश्वास,राप्रपाका समानुपातिक उम्मेदवार दिलमाया छन्त्याल,महाधिवेशन प्रतिनिधि जितेन्द्र पुन,जिल्ला सदस्यहरु अजयमिलन श्रेष्ठ,ओम छन्त्याल,रेकवहादुर पुन,पुष्कर पुन,तरुण दल मंगला गाउँपालिकाका उपाध्यक्षद्धय यमन अर्मजा र मोहन पाइजाले पनि लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । सोही अवसरमा दिलवहादुर किसानको नेतृत्वमा माओवादी केन्द्रका ३५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका जनाइएको छ । कार्यक्रम इकाइ सभापति विमलवहादुर पुनको सभापतित्व, तरुणदल मंगला गाउँपालिकाका वरिष्ठ उपाध्यक्ष रामवहादुर खत्रीको स्वागतमा सम्पन्न भएको थियो । धु्रबसागर शर्मा