यही मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेश सभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियान अन्तर्गत कांग्रेस÷राप्रपाको लोकतान्त्रिक गठवन्धनल आइतवार मालिका गाउँपालिका ७ विममा चुनावी सभा सम्पन्न गरेको छ ।

विममा आयोजित चुनावि सभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार खमवीर गर्वुजाले वर्षौंदेखि कम्यूनिष्टहरुको प्रभावित गाउँ मानिएको विममा अहिलेसम्म पनि भरपर्दो विकासका पूर्वाधारहरुको अभावमा जनताले दुख पाइरहेका बताउँदै कांग्रेसको नेतृत्वमा अवको पाँच वर्ष भित्रमा विम गाउँको कायापलट गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कृषि,पशुपालन,जडिबुटी र कृषि प्राविधक शिक्षालयको स्तरोन्नति गरी विमलाई जिल्लाकै नमूना गाउँ बनाउने योजनाका साथ आफू लागिपर्ने वताउँदै गर्वुजाले मालिकाको वडा नं ७ लाई कृषि प्राविधिक शिक्षालयको केन्द्र बनाउने वचनवद्धता व्यक्त गर्नुभएको छ । फरक प्रसङ्गमा उम्मेदवार गर्वुजाले जुनसुकै व्यवस्थामा पनि व्यक्ति र उसको प्रवृत्ति नै महत्वपूर्ण हुने बताउँदै आफ्नो प्रवृत्ति भाषण गर्ने र कुरा काट्ने नभएर काम गरेर देखाउने भएको दावि गर्नुभयो ।

नेपालमा गणतन्त्र स्थापना भइसकेपनि वास्तविक लोकतन्त्रको आभास जनताले गर्न नपाएको,संविधान कार्यान्वयनगर्ने चुनौति बाँकी रहेको र आर्थिक समृद्धि र विकासमार्फत जनताको मुहारमा मुस्कान ल्याउने काम गर्न वाँकी रहेकोले नेपाली कांग्रेसको नेतृत्वमा नै यी सबै कामहरु हुने भएकाले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई भोट दिई विजयी बनाउन आग्रह गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका प्रदेश सभा ‘ख’का उम्मेदवार क्या. अमलाल फगामीले कोखदेखि शोकसम्मको सवै अवस्थामा नेपाली कांग्रेस जनताको साथी हुने र त्यस्तो अवस्थाकालााई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति रहेको बताउँदै जनताको वास्तविक साथीलाई मतदान गरी विजयी बनाउन आग्रह गर्नुभयो ।

मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले मालिका गाउँपालिका लगाएत प्रदेश ‘ख’मापर्यटन,जलविद्युत,कृषि,पशुपालन,खनिज र जडिवुटीको प्रशस्त संभावनाहरु रहेकाले यिनै श्रोतहरुलाई प्रयोग गरी जनताको आर्थिक अवस्था मजवुत बनाउन नेपाली कांग्रेसले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सदस्य अजयमिलन श्रेष्ठ,छन्त्याल संघका केन्द्रिय अध्यक्ष मनमोहन छन्त्याल, दलित संघका थमन घिमिरे विक,इकाइ सभापति धनकुमार पुन लगाएतले नेपाली प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका दुवैजना उम्मेदवाहरुलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको थियो ।

सोही अवसरमा नेकपा एमाले परित्याग भुपेन्द्र गर्वुजा,ललित जुग्जाली,बालकुमार जुग्जाली,टकमान जुग्जाली,चविन्द्र जुग्जाली,पुजन जुग्जाली,किरन जुग्जाली,रेशम जुग्जाली लगाएत ११जना कांग्रेसमा प्रवेश गरेका र उनीहरुलाई उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति गर्वुजाले खादा ,टिका सहित सदस्यता दिएर स्वागत गर्नुभएको थियो ।कार्यक्रम पलविर जुग्जालीको अध्यक्षता,लोकवहादुर जुग्जालीको संचालन र खिमवहादुर पुर्जाको स्वागतमा सम्पन्न भएको थियो ।धु्रबसागर शर्मा