नयाँशक्ती नेपाल म्याग्दीको घरदैलो अभियान

0
179

नयाँ शक्ती नेपालले म्याग्दी जिल्लामा आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारलाई तिब्रता दिएको छ । निर्वाचनको मिति नजिँिकदै जाँदा प्रतिनिधिसभाका उम्मेदवार नारायण शर्मा ‘अनिश’ले घरदैलो अभियान पार्टीको प्रत्यक्ष र समानुपातिक चिन्हमा मतदानको अपिल गरेका छन् ।

नेपालमा बैकल्पिक शक्तीको रुपमा डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्तीको म्याग्दी जिल्लामा संस्थापक सदस्य समेत रहेका यूवा परिषद्का केन्द्रिय सदस्य शर्माले नयाँ शक्तीले आफ्नो पार्टीको अस्त्विका लागि चुनावी मैदानमा उत्रिएको बताए ।‘म्याग्दीमा नयाँ पार्टी भएपनि धेरैलाई पार्टीको बारेमा जानकारी छ, घरदैलोसंगै विभिन्न माध्यमबाट भोट मागिरहेको छु’ उनले भने ।

निर्वाचनको मैदानमा उत्रिएपछि घरदैलो अभियानमा समेत आफुँले पार्टीको घोषणापत्र र समृद्ध नेपालका लागि नयाँ शक्तीको अभियानका बारेमा जानकारी गराएको बताए । लोकतान्त्रिक गठबन्धनमा सहभागि रहेको नयाँ शक्तीले धौलागिरि अञ्चलमा आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नयाँ शक्तीले स्थानियतहको निर्वाचनमा समेत उम्मेदवारी दिएर आफ्नो पहिचानलाई ग्रामिण क्षेत्रसम्म पुर्याएको बताउँदै उम्मेदवार शर्माले चुनाव जित्ने प्रयास संगै पार्टीप्रतिको आफ्नो निष्ठालाई समेत कायम राख्ने बताए।

उनले बेनी नगरपालिका–४ सुर्केमेलाबाट अभियानको थालनी गरेका छन् । म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरुको नामावली कायम गरिएको हो । कुल मतदातामध्ये ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।