‘चुनाव अवधिभर राजनीतिक अनुहार लुकाउँनुहोस्’

0
195

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अवधिभर आफ्नो राजनीतिक विचारलाई लुकाउन मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले कर्मचारीलाई निर्देशन दिएका छन् । निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका प्रतिनिधिको रुपमा खटिने मतदान,सहायक मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीको भूमिका महत्वपुर्ण हुने भन्दै कोईरालाले विभिन्न राजनीतिक दलको आस्थालाई दुरुपयोग नगर्ने सचेत बनाएका हुन् ।

सदरमुकाम बेनीमा दोस्रो चरणको निर्वाचनमा खटिने अधिकृत र सहायक मतदान अधिकृत तथा मतगणना सम्बन्धि प्रशिक्षणमा राजनीतिक आवरणमा देखिएका कर्मचारीलाई तत्काल कारवाही गर्ने गरी अनुगमन तथा निगरानी गरिएको बताउँदै निष्पक्षता र तटस्थतामा प्रश्न उठिरहेको बताउँदै त्यसलाई गलत सावित गर्न अनुरोध गरेका थिए। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले कर्मचारीको खटनपटनको विषयमा देखिएको रुची र दबावबाट चिन्तित भएको बताउँदै राज्यप्रतिको जिम्मेबारी सम्झिएर काम गर्न अनुरोध गरे ।

उनले निर्वाचनलाई आवश्यक पर्ने सबै सुरक्षाको संयन्त्र तयार गरिएकाले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई समेत निस्तेज पारिने बताए ।जिल्लाको अति विकट धौलागिरि गाउँपालिका–१ गुर्जाबाटनिर्वाचन साम्रागी, मतपेटिका ढुवानीमा हेलिकप्टरको प्रयोगको पहल भइरहेको बताए । निर्वाचन आयोगका सहसचिव डा. हरि पौडेल, प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले कर्मचारीको भूमिकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहज हुने बताए ।

उनले तालिममा सिकेका प्रक्रिया र आवश्यक जानकारीहरुलाई पालना गर्न सकेमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहज हुने बताउँदै अतिसंवेदनशिल, संवेदनशिल र समान्य मतदान केन्द्रमा सुरक्षा योजना अन्र्तरगत सुरक्षाकर्मी परिचालन हुने बताए। पहिलो र दोस्रो चरणमा आयोजित तालिममा जिल्लाका १०६ मतदान केन्द्रमा अधिकृत र सहायक २१२, सहायक कर्मचारी ४२३,सहयोगी कर्मचारी २१२ गरी कुल ८४७ जना कर्मचारी जिल्लाबाट परिचालन गरिने छ ।

त्यस्तैमतदान अधिकृतले केन्द्रमा प्रयोग गर्न सक्ने स्वंयमसेवक ४२२ जनालाई समेत नियुक्त गर्न सक्ने जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । सोमबार नियुक्तीपत्र दिएर कर्मचरीलाई खटाईने छ ।प्रतिनिधिसभामा १, प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेकोमा ७२ मतदानस्थल, १०६ मतदान केन्द्र रहेका छन् । कुल ७५ हजार ५३८ जना मतदाता रहेका छन् । निवार्चको अधिकांस तयारी पुरा भएको छ । यसैविच राजनीतिक दलका गतिविधिमा संलग्न हुने शिक्षक र कर्मचारीलाई उजुरी परेपछि आवश्यक छानविन पछि हटाइएको छ ।