यही मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेश सभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियान अन्तर्गत कांग्रेस÷राप्रपाको लोकतान्त्रिक गठवन्धनले सोमबार बेनी नगरपालिका अन्र्तगत पात्लेखेत र घतानको नेप्टेचौरमा चुनाबी आमसभा सम्पन्न गरेको छ । पात्लेखेतमा गाउँ इकाइ सभापति शिबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार खमवीर गर्वुजाले आफुले कहिल्यै आश्वासन नबाड्ने तर जनताले अनुभुति हुनेगरि काम गर्ने बताए ।

उनले विकासका पूर्वाधारहरुको अभावमा जनताले दुख पाइरहेका बताउँदै कांग्रेसको नेतृत्वमा अवको पाँच वर्ष भित्रमा विम गाउँको कायापलट गर्ने प्रतिवद्धता व्यक्त गरे । कृषि र पशुपालनका लागि पात्लेखेत पकेट क्षेत्र रहेको भन्दै सोही अनुसारको योजना बनाएर कार्यान्वयन गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य तिलक रानाभाटले काँग्रेसले ०७० सालमा जनता माझ गरेको प्रतिबद्धता संविधान जारी गरेर पूरा गरेको बताए । समृद्धिको अभियान र कार्यक्रम पनि काँग्रेससँग मात्रै रहेको उनले बताए ।

कोखदेखि शोकसम्मको सवै अवस्थामा नेपाली कांग्रेस जनताको साथी हुने र त्यस्तो अवस्थाकालााई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति रहेको बताउँदै जनताको वास्तविक साथीलाई मतदान गरी विजयी बनाउन आग्रह गरे । कार्यक्रममा प्रदेशसभा क का उम्मेदवार भीमप्रसाद गौचनले जनताको समस्या र आकांक्षा पूरा गर्न आफुहरुले विशेष योजना बनाएको बताउँदै शिक्षा, स्वास्थ्य र यातायातमा पाँच बर्ष भित्र आमुल सुधार हुने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, प्रदेशसभाका समानुपातिक उम्मेदवार विमला गौचन, नेपाली काँग्रेस म्याग्दीका सदस्य केवी भण्डारी, तरण दल म्याग्दीका सभापति मुकुन्द छन्त्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । पात्लेखेतमा वडा नं १०का वडाअध्यक्ष रिमप्रसाद रोकाले स्वागत गरेको कार्यक्रमको सञ्चालन भरत रकालले गरेका थिए।

त्यस्तै, नेप्टेचौरमा गाउँ इकाइ सभापति चक्र केसीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका उम्मेदवार गर्बुजाले टिमुरको विकास, यातायातको सहज पहुँचका लागि विशेष योजना बनाईएको बताए । निर्वाचन प्रचारप्रसार समितिका संयोजक सम्मरबहादुर थापाले स्वागत गरेको कार्यक्रममा स्थानीय गिरिराज सुवेदीले स्थानीय समस्याका विषयमा जानकारी गराएका थिए । उक्त कार्यक्रमको सञ्चालन नेविसंघका नेता निर्मल खत्रीले गरेका थिए । यसैबीच, टोलीले काउलेगौडा र तोरीपानी मतदाता भेटघाट र घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । पात्लेखेत र नेप्टेचौरमा आयोजित आमसभाबाट एमाले र माओबादी केन्द्र परित्याग गरि १२७ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेस म्याग्दीले जनाएको छ । राकेश शर्मा