नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार अन्नपर्ूण गाउँपालीका ८ राम्चेमा संयुक्त चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै वामगठबन्धन म्याग्दीका प्रतिनिधि सभाका उम्मेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले बेलायती पिआरवालाले म्याग्दीको विकास नगर्ने आरोप लगाउनुभयो ।

जिवनभर खेती किसानी गरेर जनताको सेवा गर्ने र बेलायतको पिआर लिएर नेपालमा पैसाको आडमा राजनितिक गर्ने टुरीस्ट उमेद्वार मध्ये कसले जनताको सेवा र विकास गर्छ भन्ने जनताले बुझ्न जरुरी छू थापाले भन्नुभयो ूपैसा, जात र डरधम्की होईन उसको योगदान, पार्टर्ीीे एजेण्डा र पृष्ठभुमिको मूल्याङकन गरेर मत हाल्नुहोस ।

एमाले र माओवादी अग्रसरतामा बनेको संविधानले दलित, महिला, जनजाती लगायतको पक्षमा धेरै काम गरिसकेको हुदाँ त्यसलाई पर्ुण रुपमा कार्यान्वयन गर्न वामगठबन्धनको जित आवश्यक रहेको थापाले बताउनुभयो । उहाँले जिल्लाको विकासलाई पर्ुणता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपयोग गरि स्वदेशमै रोजगार सिर्जना गर्न बामगठबन्धनको स्थायी सरकार मुलुकलाई आवश्यक रहेको हुदाँ गठबन्धनमा भोट हाल्न आग्रह गर्नुभयो ।

प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार विनोद केसीले सडक शिक्षा, खानेपानी र भौतिक पर्ुवाधार निर्माण लागि जिल्लामा भएको स्रोतसाधनलाई ब्यवस्थित प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले म्याग्दीका जनता धेरै सचेत भएकाले जातीय नारा, पैसा, भ्रमको खेती र डरधम्कीमा नपर्न बामगठबन्धनलाई कार्यकता तथा मतदातालाई आग्रह गर्नुभएको छ । सो कार्यक्रममा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातिक उम्मेद्वार थममाया थापाले जनमुखि विकास लागि कम्युनिष्ट सरकार आवश्यक रहेको हुदाँ ढुक्क भएर मतको सदुपयोग गर्न मतदातालाई आग्रह गर्नुभएको थियो ।

माओवादी केन्द्रका टेकबहादुर विक, एमालेका सन्तोष रावल, नारायण पुन र सुवास विकले कहिल्यै लोकतन्त्रको अभ्यास नगरेकाले आफूलाई लोकतान्त्रीक भन्न नसुहाउने बताउँदै जनताको भोट किन्न नक्कली नोट प्रयोग गरेको हुदाँ यसमा सचेत हुन राम्चेबासीलाई आग्रह गर्नुभएको थियो ।वामगठबन्धनका वडा कमिटि अध्यक्ष थासबहादुर गर्वुजाको अध्यक्षता, सदस्य राजकुमार गर्वुजाको स्वागत र युवा नेता सुवास विकको संचालनमा आमसभा सम्पन्न भएको थियो ।