वर्तमान जीवनशैलीमा अधिकांश मानिसको टाउकोमा चायाको समस्या देखिएको छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।

कारणहरु

१-जाडो मौसममा तातो पानीको प्रयोग

जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र टोपी लगाउँदा टाउकोलाई प्रयाप्त हावा प्राप्त हुँदैन, जसको कारण टाउकोमा चाया बढ्छ ।

२-हार्ड श्याम्पूको प्रयोग

हार्ड श्याम्पूको प्रयोगले पनि कपालमा चायाको समस्या उत्पन्न गर्न सक्छ । दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ । बजारमा विभिन्न किसिमको श्याम्पू उपलब्ध छन्, यसकारण चायाको समस्याले चिन्तित व्यक्तिले माइल्ड र हर्बल श्याम्पूमा विश्वास राख्नुपर्दछ ।

३-ओयली कपाल

टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । यति मात्र नभई अस्वस्थकर आहारको कारणले पनि कपाल ओयली हुन्छ, जसको कारणले कपालमा चायाको समस्या उत्पन्न हुन्छ ।

४-थायराइडको समस्या

जो मानिसलाई थायराइडको समस्या हुन्छ, उनीहरू चायाको समस्याबाट बढी ग्रसित हुने गर्दछन् । थायराइडको समस्या हुँदा टाउकोको त्वचा रुखो हुन्छ र कपाल झर्न थाल्छ । टाउकोको रुखो त्वचामा चाया चाँडो फैलिन्छ ।

५-वर्षायाम

वर्षायाममा पनि टाउकोमा चाया पर्नसक्ने खतरा बढ्छ किनकि यस अवधिमा भिजेको कपालमा चिस्यान रहिरहन्छ र यस अवधिमा पानी टाउको जाँदा चिल्लोपन बढ्छ । यस चिल्लोपनको कारणले चायाको खतरा बढ्छ । वर्षायाममा पानी टाउकोमा जाँदा किटाणुहरूको खतरा पनि रहन्छ, जसले चायाको समस्या मात्र नभई अन्य रोगहरू उत्पन्न हुनसक्ने खतरा पनि बढ्छ ।

चाया हटाउने घरेलु तरिका

कयौ पटक थुप्रै औषधि र स्याम्पुहरुको प्रयोग गर्दा पनि ननिख्रेको चाया सामान्य कुराहरुले निख्रने गर्दछ जसको लागि हामीलाई त्यस सम्वन्धि ज्ञान आवश्यक छ । तसर्थ जानिराखौ चाया हटाउने यी १० उपायहरु

१. एक चम्चा माटोमा . गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

२.अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।

३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

४.करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

५.एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।

६.दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।

७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

८.ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।

९.नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

१०. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।