मौवाफाँटको चुनावी सभा ! ‘भ्रमको खेती गर्नेहरूलाई काम गरेर देखाउँछु’ गर्बुजा

0

यही मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेश सभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियान अन्तर्गत कांग्रेस÷राप्रपाको लोकतान्त्रिक गठवन्धनले मंगलबार रघुगंगा गाउँपालीका–३ पिप्ले अन्र्तगत मौवाफाँटमा चुनाबी आमसभा सम्पन्न गरेको छ।

चुनावी आमसभालाई सम्बोदन गर्दै प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा (खम्वीर)ले कम्यूनिस्टहरु आतिएर आफुलाई बिभिन्न आरोप लगाएको बताउर्दै आपुmँलाई २०७० सालको चुनावमा टुरिस्ट भनेर आरोप लागएकाले अहिले फेरी पिआरवाला भन्दै भ्रमको खेति गरेरको बताए । ‘मेरो पिआर को संग छ ? म्याग्देली जनतालाई भ्रमको गर्नेहरु नै विकास विरोधी हुन्’ गर्बुजाले भने ।

चुनावी अभियानको क्रममा म्याग्देली जनताको घरदैलोमा केन्द्रित भएको बताउँदै विभिन्न आरोपको प्रमाणहरू पेश गर्न चुनौती दिए ।‘मैले कुनैपनि उम्मेदवारको आलोचना गरेको छैन्, म्याग्देली जनतालाई आफ्ना योजनाहरु सुनाइरहेको छु’ गर्बुजाले भने ।

उनले रघुगंगा गाउँपालिका भित्रका सबै वडा देखी बस्तीसम्म सडक सञ्जालेजोड्ने, पर्यटन, धार्मिक लगाएतका क्षेत्रमा आफ्नो विषेश ध्यान केन्द्रित भएको बताए । उनले भ्रामक प्रचारप्रसारले आफ्नो भन्दा पनि म्याग्दी जिल्लाबासीको अपमान भएको बताउँदै आरोपको पछाडी हिड्ने समय नभएको बताए । उनले विगतमा निर्वाचन जितेर सडकमा सुत्ने, कमिसनका लागि सिमित क्षेत्रका बजेट प्रयोग गर्ने, जलविद्युतको सेयरको खोजीमा सरकारी बजेटको दुरुपयोग गर्नेहरुले आफुँलाई टुरिष्ट उम्मेदार भनेको बताउँदै जनताको हितमा आवश्यकता अनुसार काम गर्ने बताए ।

कार्यक्रममा प्रदेश शभा (क) का उम्मेदवार भिम प्रसाद गौचनले तथ्यहिन प्रचारबाजीको पछाडी नलाग्न मतदातालाई अपिल गरे ।‘विपक्षीले आरोप लगाउनुलाई के नौलो मान्ने ।मैले म्याग्देली जनताको हितमै धेरै काम गर्ने योजना बनाइरहेको छु’ गौचनले भने ।आफ्नो विरुद्धमा भएको सुनियोजित योजनालाई मतदाताले मतपेटिकामा आफ्नो पक्षमा मत खसालेर असफल बनाउने उनले बताए ।लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले विजय भए कुनैपनि सुविधा नलिई म्याग्देलीको नाममा अक्षय कोष स्थापना गरिने र त्यसमा अन्य क्षेत्रबाट समेत सहयोग जुटाएर ५ करोडभन्दा बढीको अक्षय कोष स्थापना गरिने बताए।

कार्यक्रममा प्रतिनिधिसभा समानुपातीक उम्मेदवार त्रिलोक चन्द विस्वास बिक, प्रदेशशभा समानुपातिक उम्मेदवार तथा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, रघुगंगा गाउँपालीका ३ का अध्यक्ष जिबन कुमार मल्ल, महाधिवेशन प्रतिनिधि भरत बहादुर रकाल, धन बहादुर छन्त्याल, त्यस्तै काँग्रेसका युवा नेता ओम छन्त्याल, जिल्ला कार्यसमिति सदस्य केबि भण्डारीले मतव्य राखेको कार्यक्रमको स्वागत मतव्य रोशन केसी, कमल बिकको रहेको थियो भने कार्यक्रमको सञ्चालन नेबिसंघका सदस्य दिपेन्द्र रिजालको थियो । यसैविच रघुगंगा गाउँपालीका–३ पिप्लेको मौवाफाँटमा ४० जना अन्य पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका छन् । २०४८ साल देखी काठमाडौँमा अध्ययन गर्ने बेला देखी अनेरास्वयुको सदस्य लिएर एमालेको राजनितिमा सक्रिय रहेका मुकुन्द शर्मा काग्रेस प्रवेश गरेका छन् ।

मंगरबार चुनावी सभामा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन । काँग्रेस प्रवेश गर्नेमा रुपा किसान, रसिला किसान, गोमा दर्जि, अनिता किसान, देवि दर्जी, कल्पना किसान, रिता किसान, लक्ष्मी शर्मा, जमुना किसान, ओम बहादुर विश्वकर्मा, रविन बिश्वकर्मा, रबिन तिलिजा, कृष्ण सुवेदी, जयन्ती शर्मा, सोम बहादुर खत्री, होम बहादुर भण्डारी, सान्तोस भण्डारी, गोपाल भण्डारी, सुवास भण्डारी, सुजन भण्डारी, बुद्धी खत्री, हुमा खत्री, सिवा खत्रि, माधव भण्डारी, विष्णु खत्री, र खिम बहादुर भण्डारी नेपाली काँग्रेस प्रवेश गरेको काँग्रेसले जनाएको छ ।निर्मल खत्री