आगामी मंसिर a१० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसंगै नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्लेमा संयुक्त आमसभा सम्पन्न गरेको छ ।

आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी भएको संबिधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन वामगठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

जिल्लाको विकास योजनालाई पुर्णता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपयोग गरि स्वदेशमै रोजगार सिर्जना गर्न बामगठबन्धनको स्थायी सरकार मुलुकलाई आवश्यक रहेको हुदाँ उम्मेद्वार थापाले बामगठबन्धनलाई भोट गर्न मतदातालाई आग्रह गरेका छन् ।

बामगठबन्धनप्रतीको जनलहरका कारण अत्तालीएको काँग्रेसले फिजाँएको भ्रममा नपरी कम्प्युनिष्टलाई पाँच वर्षसम्म सरकार चलाएर जनताको जिवनस्तर सुधार गर्ने र गाउँ गाउँमा विकासको लहर ल्याउने अवसर दिन जोडदिनुभएको थियो । राहुघाट जलविधुत आफ्नै कार्यकालमा पुर्णता दिन बामगठबन्धन नेतृत्वले पहल गर्ने प्रतिवद्धता दिनुभयो ।

प्रदेशसभा क्षेत्र (क) का माओवादी केन्द्रका उम्मेद्वार बिनोद केसीले पञ्चायतकालमा राखुका चार वटा पञ्चायतलाई गाभेर २ वटा बनाएपछि विकासमा पछि परेको राखु पिप्लेको विकासका लागि आफ्नो उम्मेद्वारी अवसर भएको बताउँदै त्यती बेला अन्यायमा परेका जनतालाई न्याय दिलाउन प्राथमिकता दिने बताउनुभयो ।

रघुगंगामा गाउँपालिकाको विकास प्रमुख श्रोत राहुघाट जलविद्युत आयोजनालाई अघि बढाउन प्राथमिकता दिने, बनजङगल खनीज, पर्यटनलाई सदुपयोग गरि विकासलाई प्राथमिकता साथै युवा रोजगारको बातारण सिर्जन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

यसअघिको सरकारको पहलमा गलेश्वर पिप्ले हुदै भगवती बेग र मौवाफाँट दग्नाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाको डिपीआर तयार भएको र कार्यान्वयनको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । त्यस्तै समानुपातिक उम्मेद्वार थममाया थापाले नेपालमा छोटो समयमा सरकारको नेतृत्व गर्दा कम्प्युनिष्ट पार्टीले सुरुवात गरेका जनमुखी कामलाई निरन्तरता दिदै थप कार्य गर्न एमाले माओवादीको गठबन्धन उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेललले म्याग्दीकोसडक, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन, जलस्रोत र कृषि क्षेत्रको विकास समुदायको पक्षमा अहिलेसम्म कम्युनिष्टको नेतृत्व गर्दै आएको बताउदै सो योगदानलाई मूल्याकंन गर्दै अलमलमा नपरि वामगठबन्धनलाई भोट हालेर जिताउन आग्रह गरेका थिए।

त्यस्तै नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेद्वार जनताको चाहना अनुसार एमाले माओवादीबीच चुनावी तालमेल मात्र नभएर छिट्टै पार्टी एकता हुन लागेको बताउनुभयो ।

सो आमसभामा युवा नेता सन्तोष रावल, दिपक कार्की र रिमबहादुर कटुवालले जनता धेरै सचेत भएकाले जातीय नारा, पैसा, भ्रमको खेती र डरधम्कीमा नपर्ने बामगठबन्धनलाई आग्रह गरे । एमाले पिप्ले गाउँ कमिटिका अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षता, माओवादी नेता सुवास विश्वकर्माको संचालन र नेता खिम शाहीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा वामपन्थी कार्यकताको बाख्लो उपस्थित भएको थियो । धिरन खत्री