प्रतिनिधि÷प्रदेश सभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियानमा रहेको कांग्रेस÷राप्रपाको लोकतान्त्रिक गठवन्धनले आज रघुगंगा गाउँपालीका २ भगवती र बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ ।आमसभामा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापती तथा प्रतिनिधि सभाका उम्मेदवार खम्वीर गर्बुजाले भगवतीमा धेरै गुठीको समस्या रहेको बन्दै त्यसलाई आफुले एक बर्षमा समाधान गर्ने बताए।

‘म जनताको पक्षमा काम गर्न आएको छु ।यसैक्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पनि धेरै समस्याका थाहाँ छ’ उनले भने । आमसभालाई सम्बोधन गदैं गर्बुजाले अहिलेसम्म जितेका कम्यूनिष्ट जनप्रतिनिधिहरुको विगतलाई हेरेर मतदान गर्न समेत अपिल गरेका छन् ।‘मेरो आलोचना गर्नेेहरूलाई देखाउने गरी काम गर्ने अवसर दिनुहोस्, अरुको आलोचना गर्ने फुर्सद मलाई छैन’ गर्बुजाले भने ।

राहुघाट क्षेत्रको विकास पछाडी पर्नुमा भिजन नभएका र परिवारवादमा केन्द्रित नेताहरुको प्रमुख दोष भएको बताउँदै उनले आफुँ निर्वाचित भए राज्यको एकरुपैयाँ पनि तलबभत्ता प्रयोग नगर्ने प्रतिद्धतालाई जनताको माझबाटै कार्यान्वयन गर्ने बताए । उनले पाँच बर्षमा भगवती सम्म सडक पिच गर्ने रुईसेलाई जिल्ला कै पर्यटकीय गतव्य बनाउने बताए । उनले स्थानीयतहमा रघुगंगा गाउँपालिका समेत कांग्रेसको नेतृत्वमा रहेकाले एकिकृत योजना तथा सेवासुविधालाई समेत सहज जनताको माझमा पु¥याउने बताए ।

त्यस्तै कार्यक्रममा प्रदेश सभा (क) का उम्मेदवार तथा पुर्व राज्य मन्त्रि भिम प्रसाद गौचले आफ्नो बारेमा अनावश्यक भ्रम फैलाउनेहरुलाई काम गरेर देखाउने बताए । ‘मैले गरेको विकासका काम त्यसपछाडी कसैले गरेका छैनन् । चरित्र हत्या गर्नेहरुलाई विजय भएर देखाउनेछु’ गौचनले भने ।आक्रमक रुपमा प्रस्तुत भएका गौचनले भगवतीका जनताले आफ्नो विगतलाई नजिकबाट हेरेको बताउँदै जनप्रतिनिधि भएर घरघडेरी जोड्नेहरुलाई तलवभत्ता नै म्याग्देलीको नाममा अक्षय कोष बनाउँछौ भन्दा निन्द्रा हराएको दावी गरे ।

कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा निर्वमान सांसद रत्न शेरचनले अब देशको आर्थिक विकाशको लागी लाकतान्त्रिक गठबन्धलाई जिताउन आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, प्रदेशसभाका समानुपातिक उम्मेदवार विमला गौचन, नेपाली काँग्रेस म्याग्दीका सदस्य केवी भण्डारी, रघुगंगा गाउँपालीका प्रमुख भब भण्डारी, ओम छन्त्यालले मतव्य राखेको कार्यक्रमको सभातित्व एकाई सभापति कृण्ष शाहि र स्वागत चेतनाथ सुबेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन निर्मल खत्रीले गरेका थिए ।