मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवारसंगै प्रदेशसभामा पनि रोकच भिडन्त हुने देखिएको छ ।मनोनयनदर्ता लगत्तै चुनावी मैदानमा उत्रिएका उम्मेदवारले प्रचारप्रसारको अन्तिम समयसम्म चुनावी आमसभा, घरदैलो, भेटघाट, मतदातालाई भोट हाल्ने तरिका सिकाउँदै विहानै देखी बेलुकीसम्म चुनावी अभियानमा जुटेका छन् । प्रचारप्रसारको अन्तिम समयसम्म आइपुग्दा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबका उम्मेदवार चुनावी मैदानमा मत माग्दैछन् ।

प्रदेश ‘ख’ (मंगला,मालिका, धौलागिरि गाउँपालिका)
पश्चिम म्याग्दीका तीनवटा गाउँपालिकाका मिलेर बनेको प्रदेश ‘ख’ मा नेकपा एमालेकी प्रभावशाली महिला नेतृ नरदेवी पुन र नेपाली कांग्रेसका जिल्ला सदस्य क्याप्टेन अमलाल फगामी मैदानमा छन् । मनोनयदर्ता लगत्तै चुनावी अभियानमा केन्द्रित भएका दुवैले दुर्गमबस्तीका जनतालाई समेत आफ्नो पक्षमा ल्याउन निरन्तर सक्रियता देखाएका छन् । निर्वतमान सांसद एवम् पूर्व पशुपंक्षी राज्यमन्त्री समेत रहेकी पुनले एमालेको जनआधार भएको क्षेत्र र माओवादी केन्द्रको समेत सहयोग रहेकाले फराकिलो मतअन्तरले बिजय हुने बताउँछिन् ।

२०४१ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको मंगला माविको प्रारम्भिक कमिटीको उपाध्यक्षबाट विद्यार्थी राजनीतिमा होमिएकी पुनले अनेमासंघको टोल तयारी समितिको अध्यक्ष, एमालेको यूथ लिगको सदस्य हुदै २०४६ सालमा अनेमासंघको जिल्ला सचिव समेत भएकी पुनले २०४८ साल देखी ०६२ सालसम्म पार्टीको जिल्ला सहसचिवको जिम्मेबारी समेत सम्हालेकी उनलाई जोखिमपूर्ण समयमा पार्टीले दिएको जिम्मेबारीलाई सहज स्वीकार गर्ने गरेकी नेताको रुपमा समेत एमालेभित्र चिनिन्छ ।

इलाका सदस्य हुदै सचिव, अनेमासंघको ४७ देखी २०६१ सालसम्म जिल्ला अध्यक्ष समेत भएकी पुनले राजनीतिक संगै राजनीतिकशास्त्र सहित दुईवटा विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकी छन् । २०५६ ससालमा संसदीय निर्वाचनमा पराजित भएकी पुनलाई २०६० सालमा समेत पार्टीले पहिलो संविधान सभाको निर्वाचनमा उम्मेदवार बनाएको थियो । १० बर्षे शसस्त्रयूद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीको लहरसंगै दोस्रोपटक समेत निर्वाचनमा पराजित भएपनि उनको राजनीतिक यात्रा भने रोकिएन् ।

२०७० सालमा नेकपा एमालेबाट समानुपातिक सांसद भएकी पुनले एमालेका अध्यक्ष केपी ओलीको सरकारमा पशुपंक्षी राज्यमन्त्रीको जिम्मेबारी समेत सम्हालेकी थिईेन् । उनले पार्टीको जिम्मेबारीसंगै जिल्लामा पशुपंक्षीको क्षेत्रमा समेत बजेट र नयाँ कार्यक्रम समेत भित्राउन निरन्तर पहल गरेकी थिईन् । एमालेको महिला संगठन अनेमासंघको स्थायी समिति सदस्य समेत रहेकी पुनले प्रदेशसभा सदस्यको निर्वाचित भएपछि आफ्ना अधुरा योजना पुरा गर्ने बताउँछिन् । ‘मेरो अधुरा योजनाहरूलाई पुरा गर्नुपर्नेछ ।

त्यसका लागि पनि मतदाताबाट पुनः विजय हुने अपेक्षा गरेको छु’ उनले भनिन् । आफ्नो प्रतिस्पर्धी राजनीतिमा नयाँ रहेको बताउँदै उनीसंग भिजन नभएको दावी समेत गरिन् ।जिल्लाकी एकमात्रै महिला उम्मेदवार पुनले मतदातालाई आफ्नो योजना सुनाउँदै घरदैलो अभियानलाई तिब्रता दिएकी छन् । म्याग्दीबाट महिला नेतृको नेतृत्व मात्रै नभई प्रदेशसभामा मन्त्रीको सम्भावनालाई समेत सहजै आँकलन गर्न सकिने एमालेका जिल्लास्तरका नेताहरुको भनाई छ । पार्टीको केन्द्रमा समेत राम्रो सम्भावना भएकै कारण टिकटका लागि दावी गर्नेहरुको बिचबाट उम्मेदवार बनेकी पुनलाई जिताउन विद्यार्थीहरुले अभियान केन्द्रित गरेका छन् । स्थानीयतहको निर्वाचनमा समेत एमालेको धेरै मत आएको क्षेत्र भएकाले पनि जस्तौ सुकै प्रयास गरेपनि बामगठबन्धनका उम्मेदवारको विजयलाई कसैले रोक्न नसेक्ने पुनको भनाई छ ।

एमालेको दावी अनुसार मंगला गाउँपालिकाको कुहँु, बर्रंजा, अर्मनमा राम्रो पकट छ त्यस्तै मालिका गाउँपालिकाको रुम, दरवाङ, विममा धेरै मत संगै निस्कोट र देविस्थानबाट समेत राम्रो मत खसाल्ने दावी गरेको छ । उता धौलागिरि गाउँपालिकाको ताकम, मुना, मुदी, मराङ, लुलाङ र गुर्जाबाट राम्रो मत आउने दावी छ । माओवादीको समेत प्रभाव क्षेत्र भएकाले पनि यसक्षेत्रबाट आउने मतले विजय सुनिश्चित भएको दावी छ ।

उता भारतीय सेनाबाट अवकाश लिएपछि गाउँको सेवामा सक्रिय नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य क्याप्टेन अमलाल फगामीले पश्चिम म्याग्दीको विकासका लागि अहिलेसम्म भाषणमा ब्यस्त भएका नेताहरूलाई काम गरेर देखाउन आफुँले उम्मेदवारी दिएको बताउँछन् । ‘बहुदल आएपछि यसक्षेत्रबाट जितेका जनप्रतिनिधिहरुबाट विकासभन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थमा केन्द्रित भए । जनताको घरदैलोमा कुनैपनि विकासका योजनाहरू पुगेका छैनन्’ फगामीले भने ।

उनले आफुँले ब्यक्तिगत रुपमा गाउँको विकासमा खर्चिएको समय समेत जनप्रतिनिधिहरुबाट नभएको दावी गदैं अव पनि भाषणमा सिमित हुने उम्मेदवारलाई भोट दिएर पश्चिम म्याग्दीका जनतालाई विकास निर्माणमा १० बर्ष पछाडी लैजानु भएको बताउँछन् ।‘मैले जनतालाई कुनैपनि आश्वासन दिएको छैन्, अहिलेसम्म मैले गरेको ब्यक्तिगत कामबाट पनि जनता उत्साहित छन्’ उनले भने । आफ्नो प्रतिस्पर्धी बामगठबन्धनकी उम्मेदवार पुनले पुराना योजना भन्दै जनतालाई भ्रमको खेती गरिरहेको बताउँदै सांसद र मन्त्री हुदाँ पनि विकास ल्याउन नसक्नेले पुनः अधुरा काम पुरा गर्न भन्दै भ्रमको खेती गरिरहेको फगामीको दावी छ ।

२०५४ सालमा अवकाश लिएपछि पार्टीको सदस्यता लिएका फगामीले २०५६ सालमा स्वर्गिय नारायण सिंह पुनको चुनावी अभियानमा पश्चिम म्याग्दीमा परिचालन भएका फगामीले इमान्दार र भुपू सैनिकहरूमा लोकप्रिय छन् ।उनले ब्यक्तिगत रुपमै आफ्नो जन्मभूमी देविस्थानको विद्यालय, सडक लगाएतका क्षेत्रमा ठुलो लगानी गरेका छन् । भारतीय सेनामा हुदाँ समेत गान्धी विचारबाट प्रभावित भएका फगामीले नेपाली कांग्रेसबाट मात्रै देशको विकास र निकास सम्भव भएको महसुस गरी कांग्रेसको राजनीतिमा सक्रिय भएको बताउँछन् ।

’राजनीति सेवा हो, म्याग्दीमा पैसा कमाउन राजनीति गरेजस्तो देखिन्छ । विकासमा पनि पश्चिम म्याग्दी धेरै पछाडी छ‘ उनले भने । जलविद्युत, पर्यटन, ग्रामिण कृषि लगाएतका रोजगारमुलक कार्यहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए ।नेपाली कांग्रेसले मंगला गाउँपालिकाका सबै वडामा ब्यापक सुधार भएको, मालिकाको देविस्थान, दरवाङ, निस्कोट, ओखरबोटमा अत्याधिक मत खस्ने र रुम र विममा समेत सम्मानजक मत आउने दावी छ । उता धौलागिरि गाउँपालिकाको ताकम, मुना, मल्कवाङ, मुदी, लुलाङ र गुर्जामा पुरानो मतलाई सुरक्षित गदैं नयाँ मतदाता र पार्टी प्रवेशले समेत जित सहज भएको जनाएको छ ।

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकामा नौहजार ६४३ मतदाता रहेकोमा चारहजार ९६९ महिला र चारहजार ६७४ जना पुरुष, मंगलामा ११ हजार ५८८ मतदातामध्ये महिला ६ हजार ८६ र पुरुष पाँचहजार ५०२ जना, ११ हजार ३१४ जना मतदाता रहेको मालिका गाउँपालिकामा महिला पाँचहजार ७२४ र पुरुष पाँचहजार ५९० जना रहेका छन् ।