म्याग्दीमा बाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार अवरोधको प्रयास भएको छ । बेनी नगरपालीका–३ भकिम्लीको तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो ।

बेनपा–३ भकिम्लीमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विष्फोटक पर्दाथ विष्फोट भएको उम्मेदवार थापाले बताउनुभयो । दिउँसो पौने १ बजेतिर ठूलो आवाज आउनेगरी बिस्फोट भएपछि उमेद्वारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए । विस्फोटबाट कुनै क्षत्ती भने भएको छैन् ।

बिस्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का सहितको टोली फर्किएको छ । अनुसन्धानका लागि घटनास्थलमा पुगेको टोलीले विष्फोटक पदार्थको प्रयोग नगरिएको जनाउँदै उम्मेदवारलाई त्रसित बनाउने प्रयास भएको जनाएको छ ।

सोही आसपासको क्षेत्रमा फालिएको संकास्पद बस्तु समेत नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उमेद्वार खम्बिर गर्बुजालाई लक्षित गरेर बिस्फोट भएको थियो । चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले बिस्फोट गराएको सुरक्षा निकायले शंका घटनामा संलग्नको पहिचान हुन सकेको छैन् । धु्रबसागर शर्मा