म्याग्दीका दु्ईवटा मतदान केन्द्र अपाङ्गमैत्री

0
249

आगामी आइतबार हुने निर्वाचनमा म्याग्दीका दुईवटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाइएको छ ।अशक्त तथा अपाङ्ता भएकालाई मतदान गर्न सहज बनाइएको हो । बेनी नगरपालिकाको बेनी सामुदायिक मावि र धौलागिरि मावि सिङ्गालाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता खेमराज पाठकले बताए ।

‘दुईवटामै आवश्यक तयारी पुरा भएको छ ।सबै मतदान केन्द्रमा यो सुविधा सम्भव छैन’ पाठकले भने ।उनका अनुसार अपाङ्गता भएका ब्यक्तिहरुलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियरमा गुडाएर पु्ग्न सक्ने गरी ¥याम्प निर्माण गरिएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई अन्य मतदाताझै मतदान केन्द्रहरुमा पुग्न सक्ने अवस्था नरहने भएकाले मतअधिकार दुरुपयोग गरिने, आवतजावतमा समेत सास्ती हुने भएकाले पनि ¥याम्प निर्माण गरिएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए ।‘स्थानीयतहको निर्वाचनमा समेत प्रयोग गरिएको थियो ।

अपाङ्गता भएकालाई अन्य केही मतदान केन्द्रमा पनि सहजै मतदान गर्न सकिने संरचना रहेका छन्’उनले भने ।सदरमुकाम बेनी कै कालिपुलस्थित बालमन्दिर आधारभुत विद्यालयमा समेत मतदातालाई सहज हुने अवस्था रहेको बताए ।उनले सामुदायिक विद्यालयभित्रको संरचना विस्तारै अपाङ्तामैत्री बनिरहेकाले पनि भविस्यमा हुने निर्वाचनहरूमा सहज हुने बताए।

जिल्लाका मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपाङ्ता भएकालाई पहिलो प्राथमिकता दिने ब्यवस्था मिलाइएको बताए ।जिल्लाका सबै मतदान केन्द्रमा १०६ मतदान केन्द्रमाखटिएका मतदान अधिकृतलाई जेष्ठ नागरिक, अपाङ्गता भएका र विरामी मतदातालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ ।

आफन्तको सहयोगमा मतदान केन्द्रसम्म आइपुग्ने भएपनि मतदान प्रक्रियामा आफै मतदानस्थलसम्म पुगेर मत खसाल्ने ब्यवस्था छ ।अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले मताधिकार सुनिश्चित गर्नका लागि जिल्लाभरका सबै मतदान केन्द्रलाई अपाङ्गमत्री बनाइनुपर्ने माग विस्तारै पुरा हुदै गएको बताए ।

उनले अपाङ्ता भएका विद्यार्थीलाई समेत विद्यालयको संरचनाको कारण आवतजावतमा निकै सकस भइरहेको अवस्थामा नेपाल सरकार र गैरसरकारी संस्थाको लगानीमा निर्माण हुने संरचनाहरूलाई पुननिर्माण तथा नयाँ संरचना अनिवार्य रुपमा अपाङ्ता भएकाले समेत प्रयोग गर्न सकिने बनाउन समेत माग गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लाभरका अपाङ्ता भएकालाई सहज मतदान र आफ्नो इच्छा अनुसारका ब्यक्तिको सहयोगमा वारेको प्रयोगको ब्यवस्था मिलाउन समेत माग गरिएको छ ।अपाङ्गमैत्री मतदान केन्द्रको स्थलगत अनुगमन समेत गरिएको छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदानस्थल र एकसय ६ मतदान केन्द्र कायम गरिएको छ । १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।