यस्तो छ म्याग्दीको निर्वाचन सुरक्षा योजना

0

भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले कडा निगरानी बढाएको छ ।लोकतान्त्रिक र बामगठबन्धनका कार्यकर्ता बिच झडपको घटना न्यूनिकरणका लागि सदरमुकमा बेनी देखी ग्रामिण क्षेत्रसम्म रातको समयमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने रणनीतिलाई कार्यान्वयन गरिएको जनाएको छ ।

दल र उमेद्वारको प्रचारप्रसारका क्रममा उमेद्वार केन्द्रित सुरक्षा रणनिती अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदानस्थलमा पुगेका अधिकृत सहितको कर्मचारीको सुरक्षा,सम्भावीत झडपका घटनालाई न्युनीकरणका लागि फरक रणनिती अपनाएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताउनुभयो ।

बिहिबार राती देखि सुरू भएको मौन अवधिमा प्रतिस्पर्धी दलहरुले मतदातालाई प्रभावीत पार्न खोज्दा विगतमा झडपका घटना, अपराधिक मानसिकता भएकाहरुको चलखेल, निर्वाचनको विरोधीहरुको गतिविधि समेत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी योजना बनाइएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सदरमुकाम बेनी देखी विकट बस्तीका मतदान केन्द्रमा समेत आवश्यकता अनुसारको सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राती ८ बजेपछि आवतजावतमा निगरानी र १० बजेपछि नियन्त्रणमा लिई अर्को दिन छोड्ने सहितको योजना बनेको छ । जिल्लालाई जोड्ने नाकाहरूमा कडाई, जमिन देखी जंगलसम्म सुरक्षाकर्मीको परिचालन गरिएको बताउँदै राजनीतिक दल लगाएतका सरोकारावाला निकायबाट समेत सहयोगको अपेक्षा गरिएको छ ।

रातको समयमा आवतजावत नगर्न समेत प्रहरीले अनुरोध गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने आवश्यक सबै शक्ती प्रयोग गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सामाजिक सञ्जाल, गलत मोटीभेसन, मदिरा, पैसा,मोटरसाईकल र शक्ति प्रर्दशनका कारण हुन सक्ने सम्भावित घटनालाई आधार बनाई रणनीति बनाइएको सुरक्षा निकायको भनाई छ ।

सदरमुकाम बेनी बाहेक जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षित तरिकाले निर्वाचन साम्रागी सहितको टोली पुगेको बताउँदै चुनाव बिरोधी गतिबिधि, उमेद्वार आक्रमण र मतदातालाई त्रसीतबनाउनेलाई तत्कालै नियन्त्रण्मा लिने गरी परिचालित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा बेनी नगरपालिका–१ रत्नेचौर र बेनपा–३ भकिम्लीको तोराखेतमा भएको बम विष्फोट गरिएपछि सुरक्षा योजनामा समेत परिवर्तन गरिएको छ ।

नेकपाका धौलागिरि इन्र्चाज सहितका नेताको गृहजिल्ला समेत भएकाले केन्द्रिय सुरक्षा योजनाबाट समेत विप्लव माओवादीको गतिविधिलाई कडाई गर्न निर्देशन दिएपछि मतदान केन्द्र आसपासका क्षेत्रमा रहेका जंगलमा समेत सुरक्षाकर्मीको ब्यापक उपस्थिती रहेको बताइएको छ ।

सुरक्षा योजनामा राजनीतिक दलले समेत सहयोगको प्रतिबद्धता जनाएका छन्। म्याग्दीका १०६ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगीसकेका छन् । प्रहरी र शसस्त्र प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको सुचना तत्काल पाउने ब्यवस्था समेत मिलाइएको छ ।

यसैविच निर्वाचनको बहिस्कार गरिरहेका नेकपाका नेताकार्यकर्तालाई समेत निर्वाचन विरोधी गतिविधिलाई रोक्न अनुरोध गरिएको छ । ्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदानस्थल र एकसय ६ मतदान केन्द्र कायम गरिएको छ । १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।