म्याग्दीका विभिन्न ठाउँमा झडप : जमिनदेखि जंगलसम्म सुरक्षा सतर्कता उच्च

0
174

भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएको छ । लोकतान्त्रिक र बामगठबन्धनका कार्यकर्ता बिच गएराती जिल्लाका विभिन्न ठाउँहरुमा झडप भएपछि सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म रातको समयमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने रणनीतिलाई कार्यान्वयन गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताए ।

गएराती घतान,अर्जम,चुत्रेनी, मुदी,पात्लेखेत लगाएतका ठाउँहरुमा दुई गठवन्धनका युवाहरुबीच झडप भएको थियो । दल र उमेद्वारको प्रचारप्रसारका क्रममा उमेद्वार केन्द्रित सुरक्षा रणनिती अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदानस्थलमा पुगेका अधिकृत सहितको कर्मचारीको सुरक्षा,सम्भावीत झडपका घटनालाई न्युनीकरणका लागि फरक रणनिती अपनाएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताउनुभयो । घटनामा संलग्नको खोजीकार्य भइरहेको छ ।
नेपाली कांग्रेस र एमालेका कार्यकर्ता घाईते भएका छन् ।

बिहिबार राती देखि सुरू भएको मौन अवधिमा प्रतिस्पर्धी दलहरुले मतदातालाई प्रभावीत पार्न खोज्दा झडपका घटना, अपराधिक मानसिकता भएकाहरुको चलखेल, निर्वाचनको विरोधीहरुको गतिविधि समेत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षा योजना बनाइएको सुरक्षा निकायले जानकारी दिएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सदरमुकाम बेनी देखी विकट बस्तीका मतदान केन्द्रमा समेत आवश्यकता अनुसारको सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राती ८ बजेपछि आवतजावतमा निगरानी र १० बजेपछि नियन्त्रणमा लिई अर्को दिन छोड्ने सहितको योजना बनेको छ ।

जिल्लालाई जोड्ने नाकाहरूमा कडाई, जमिन देखी जंगलसम्म सुरक्षाकर्मीको परिचालन गरिएको बताउँदै राजनीतिक दल लगाएतका सरोकारावाला निकायबाट समेत सहयोगको अपेक्षा गरिएको छ ।निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने आवश्यक सबै शक्ती प्रयोग गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सामाजिक सञ्जाल, गलत मोटीभेसन, मदिरा, पैसा,मोटरसाईकल र शक्ति प्रर्दशनका कारण हुन सक्ने सम्भावित घटनालाई आधार बनाई रणनीति बनाइएको सुरक्षा निकायको भनाई छ । सदरमुकाम बेनी बाहेक जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षित तरिकाले निर्वाचन साम्रागी सहितको टोली पुगेको बताउँदै चुनाव बिरोधी गतिबिधि, उमेद्वार आक्रमण र मतदातालाई त्रसीतबनाउनेलाई तत्कालै नियन्त्रण्मा लिने गरी परिचालित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा बेनी नगरपालिका–१ रत्नेचौर र बेनपा–३ भकिम्लीको तोराखेतमा भएको बम विष्फोट गरिएपछि सुरक्षा योजनामा समेत परिवर्तन गरिएको छ । धु्रबसागर शर्मा

फाइल तस्विर