सडकले पुरिएको जलेश्वर मन्दिरको पुननिर्माण

0
244

बेनी नगरपालिका–८ मा अवस्थित जलेश्वर मन्दिरको पुननिर्माण गरिएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रे गर्ने क्रममा ठेकेदार कम्पनीले सावधानी अपनाउन नसक्दा दुईबर्ष अगाडी पुरिएको मन्दिरका बारेमा भक्तजन र धार्मिक संघसंस्थाले चासो देखाएपछि पुननिर्माण गरिएको गलेश्वरका यूवा अमृतमान शेरचनले बताए । ‘पुननिर्माण गरिएको छ, सडक विस्तारको क्रममा पुरिएको थियो’ ठेकेदार समेत रहेका शेरचनले भने ।

उनले मन्दिरलाई आगामी दिनमा समेत प्रयोग गर्न मिल्ने गरी पुननिर्माणमा सहयोग गरिएको बताए । सयौंबर्ष पुरानो महत्व रहेको मन्दिर पूर्णरुपमा पुरिएपछि भक्तजनले बाहिर दर्जन गरेर फर्कने गरेका थिए । गलेश्वर मन्दिरको प्रवेशद्धार तथा हिन्दुधर्मालम्बीहरूको आस्थाको केन्द्र मानिने जलेश्वरको संरक्षणमा स्थानीयले पटकपटक अनुरोध गरेपनि बेवास्ता गरिदै आएको थियो ।

सडकलाई फराकिलो र कालोपत्रेको योजना अगाडी बढाउने क्रममा देखिएको समस्यालाई नियमित सक्रियता देखाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए । गलेश्वरको दर्शमा पैदल तथा सवारीसाधनमा जाने भक्तजनले जलेश्वरमा दर्शन गरी जाने गर्दछन् ।

म्याग्दीका धार्मिकस्थलहरूको पुराना पुस्तकहरूमा समेत जलेश्वरको महत्वका बारेमा ब्याख्या गरिएको छ । सडकखण्ड अन्र्तरगत विभिन्न स्थानमा गाईको धारा देखिएपछि हिन्दु धर्मालम्बीहरूले सडकखण्ड अन्र्तरगत विभिन्न स्थानमा भक्तजनले संरक्षण समेत गरेका छन्। ३ किलोमिटर बेनी–गलेश्वर कालोपत्रेको काम सुस्त गतिमा अगाडी बढेको छ ।