नयाँ शक्ति म्याग्दीले काँग्रेसलाई समर्थन गर्ने (बिज्ञप्ति )

0

भोली हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ शक्ति म्याग्दीले नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यका पदका उम्मेदवार नारायाण शर्मा (अनिश)ले नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्वीर गर्बुलाई समर्थन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टीले गरेको आग्रहलाई स्वीकार गरि गर्बुजालाई समर्थन गर्ने बताएको छ । मुलुकमा संविधान कार्यान्वयन गर्दै लोकतन्त्रको संस्थागत गर्नुपर्ने आजको परिस्थितीमा लोकतन्त्रको शक्क्ति बिरुद्ध गरिएको वाम गठबन्धनर ति पार्टीका नेता कार्यकर्ताहरुको अभिव्यक्ति र व्यवहारले लोकतन्त्रको भविश्यमा खतरा पर्ने त होईन भन्ने आशंकाका साथ नयाँ शक्ति नेपालका अध्यक्ष डाः बाबुराम भट्टाराईले समेत काँग्रेसको चुनावी तालमेललाई सम्मान गर्दै लोकतान्त्रिक शक्तिलाई विजय गराउनु पर्ने आवश्यक देखेर काँग्रेसलाई समर्थन गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘चुनावी प्रचारप्रसारको अन्तिम समयमा केन्द्रिय सर्कुलर अन्र्तरगत उम्मेदवारी फिर्ता लिएको छु । समानुपातिकमा आफ्नो अमुल्य मत दिन अनुरोध गर्दछु’ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

म्याग्दीका सम्पूर्ण नयाँ शक्तिका कार्यकर्ता तथा आँखामा मलाई सद्भाव राख्र्दै आँखा चिन्हमा मतदान गर्ने सम्पूण म्याग्दीका मतदातालाई नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्वीर गर्बुजालाई रुख चिन्हमा मतदान गरी लोकतन्त्रको रक्षामा आफ्नो सहभागिता जनाउन आग्रह गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा समेत बेनी नगरपालिका लगाएतका स्थानीय तहमा समेत सर्मथन गरिएको स्मरण गदैं प्रतिनिधिसभाको निर्वाचनको क्रममा मतदाताको घरदैलोमा पुगेर दिएको बाचालाई समेत आगामी दिनमा नयाँ शक्ती मार्फत नै पुरा गर्ने प्रतिबद्धता समेत मतदानालाई गरेका छन् ।राकेश शर्मा