मतदानको दिन अत्यावसेक सेवा सुचारू

0
266

आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा दुध ढुवानी गर्ने सवारीसाधन, एम्बुलेन्स, दुरसञ्चार अस्पताल र विद्युत सेवाका सवारी साधनलाई सहज आवतजावतको ब्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निस्पक्ष रुपमा सम्पन्न गर्न रितपुर्वक सवारी चलाउने अनुमति पत्र सवारीसाधन बाहेक सार्वजनिक यातायात, निजी सवारीसाधन प्रयोगमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जारी गरेको सुचना प्रकाशित गरिएको छ ।

राजनीतिक दलसंगको सर्वदलिय बैठकमा समेत अत्यावश्ष्क सेवालाई सुचारु राख्ने प्रतिबद्धता जनाइएको थियो ।निर्वाचनको अवधिभर कुनैपनि ब्यक्ति,समुहले हातहतियार, लाठी,भाला, घातक बस्तु लिएर हिडडुल गर्न नपाईने, मदिराजन्य बस्तुको विक्री वितरण र ओसारपोसारमा रोक लगाइएको लगाएतको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए । ‘सुचना विपरित गतिविधि गरिएमा कानुन बमोजिम कारवाही हुन्छ ।

सुरक्षाकर्मीले सबै क्षेत्रमा कडा चेकजाँच गरिरहेको छ’ आचार्यले भने । उनले दुध ढुवानीका साधन, एम्बुलेन्स लगाएत अत्यावेशक साधनहरू प्रयोगकर्ताले समेत आवश्यक कागजातहरु देखाउनुपर्ने, सुरक्षाकर्मीलाई शंका लागेमा तुरुन्त चेकजाँच गर्ने बताए । सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म राती ८ बजे देखी विहान ५ बजेसम्म ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।