म्याग्दीमा ६१ प्रतिशत मत खस्यो

0

आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदानमा म्याग्दीमा ६१ प्रतिशत मत खसेको छ । विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त जानकारी अनुसार ६१ प्रतिशत मतदाताहरुले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकामा ५९ प्रतिशत,बेनी नगरपालिका ६६ प्रतिशत,रघुगंगा गाउँपालिकामा ६३ प्रतिशत,धौलागिरि गाउँपालिकामा ५६ प्रतिशत,मंगलामा ६१ प्रतिशत,मालिका गाउँपालिकामा ५२ प्रतिशत गरी समग्रमा ६१ प्रतिशतको मत खसेको हो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिकामा गरी ७५ हजार ५ सय ३८ मतदाता रहेका छन् । त्यसैगरी ७२ मतदान स्थल र १ सय ६ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।म्याग्दीमा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।–––