बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित अर्जुन मावि मतदान केन्द्रमा यूवाहरूले एक समुहले एक भोट पुरानालाई अर्को भोट यूवाको भविस्यलाई भन्दै भोट मागेका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा जिल्लाका राजनीतिक दलका उम्मेदवारलाई मतदान गरेपछि यूवाहरूले प्रतिनिििध र प्रदेशसभाको समानुपातिकमा ‘तराजु’ चिन्हमा मतदान गरेका थिए ।

बैंक तथा वित्तिय संस्था, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्थानीय यूवा क्लव,उच्च शिक्षामा अध्ययरत र बैदेशिक रोजगारबाट फर्किएका यूवाहरूको रोजाईमा समानुपातिक मत तराजुमा परेको छ । बिबिसी नेपाली सेवा छोडेर राजनीतिमा होमिएका रबीन्द्र मिश्रले नेतृत्व गरेको ‘विवेकशील साझा पार्टी’को चुनाव चिन्ह ‘तराजु’ भ्रष्टचारमुक्त अभियानसंग जोडिएको बताउँदै एकपटक प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीका प्रतिनिधिहरूको उपस्थिीति आवश्यकता रहेकाले मतदान गरेको यूवाहरूको भनाई छ ।

बेनी नगरपालिका भित्रका विभिन्न मतदान केन्द्र बाहिर समानुपातिकमा पुरानालाई दिदाँ आर्थिक चलखेल गरी सांसद बनाउने गरिएकाले यसपटक यूवाहरूको रोजाईमा परेको बेनपा–२ज्यामरुककोटका लक्ष्मण शर्माले बताए।‘केही मतले पनि यूवाहरूको प्रतिनिधित्व गर्न सक्छ, यूवाहरूले एकपटक काम गर्ने अवसर दिनुपर्छ’ शर्माले भने ।

‘पुराना पार्टीको गतिविधि एउटै छ । अव बैकिल्पक राजनीतिक धारको आवश्यकता देखियो’ काठमाण्डौबाट मतदान गर्न आएका सञ्चारकर्मी विष्णु शर्माले भने ।उनले विना प्रचारप्रसार र उम्मेदवारको नहुदाँ समेत म्याग्दीका यूवाहरूमा देखिएको आर्कषणले आगामी निर्वाचनमा बलियो अवस्थामा पुग्ने दावी समेत गरे ।सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रमा रहेका मतदान केन्द्रमा समेत यूवाहरूले समानुपातिकमा ‘तराजु’ चिन्हमा मतदान गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा मतदान गरेको गोप्य राखेपनि यूवाहरूले समानुपातिक तर्फ भने तराजु’ चिन्हमा मतदान गर्न अनुरोध गरेपछि ठुला राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत चकित परेका थिए । यूवाहरूले आफ्ना अभिभावक तथा छिमेकीलाई समेत समानुपातिकमा यूवाको भविस्यलाई मतदान गर्न अपिल गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलाई प्रत्यक्षमा मतदान गरेका यूवाहरूले समानुपातिकमा नयाँ पार्टीलाई रोजेका थिए ।

यूवाहरूले सामाजिक सञ्जालमार्फत नै समानुपातिकमा मत मागेका थिए । विवेकशील साझा पार्टीमा पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ कुहु भर्जुलाका स्थानीय डा.उमेद पुन समेत आवद्ध भएकाले पनि त्यस क्षेत्रबाट अपेक्षा गरे अनुसारको मत खस्ने अनुमान गरिएको छ । जिल्लामा ठुला राजनीतिक दलका कार्यकर्ताको समेतसाझा र नयाँ शक्तीले समानुपातिकमा मत चोरेका छन् ।