थाईवाङ गाउँमा सहयोग गर्नेलाई सम्मान

0
215

म्याग्दीको मंगला गाउँपालिका–१ थाईवाङमा विदेशमा रहेका थाईवाङ गाउँविकास अभियानमा सहयोग गर्नेलाई सम्मान गरिएको छ । गाउँको विकासमा सक्रिय भएका प्रवासमा रहेका थाईवाङबासीले स्थापना गरेको गाँउ विकास अभियानका संस्थापक अध्यक्ष एवम् बहराईनमा कार्यरत चन्द्र बहादुर रन्तिजाको प्रमुख आथित्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा प्रवासमा रहेका थाईवाङबासीको एकजुटले गाउँमा आवश्यक विभिन्न क्षेत्रमा सहयोग गर्न सकिने बताइएको थियो ।

२०७२ स्थापना भएको अभियानमा पञ्चासेखोला देखी गाउँसम्म सडक मर्मत तथा विस्तारमा सहयोग ६ लाख ६९ हजार आर्थिक सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको हो ।५ हजार देखी १ लाख २ हजार सम्म सम्मानपत्रले सम्मान गदैं आगामी दिनमा समेत गाउँमा आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, विकास निर्माण, सडक लगाएत विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रवासमा रहेका थाईवाङबासी अभियानमा सहभागि हुनुपर्ने संस्थापक अध्यक्ष रन्तिजाले बताए ।

‘थाईवाङबासी एउटै मालाभित्र बस्नुपर्छ, सानो सहयोगले पनि गाउँमा ठुलो परिवर्तन ल्याउन सकिन्छ’ उनले भने । उनले विश्वका विभिन्न देशमा रहेका थाईवाङबासीलाई समेट्ने गरी अभियान सुरु गरिएको बताए । हालसम्म ८० जनाले सदस्यता लिएका छन् ।गाउँ उपभोक्ता समितिको अध्यक्ष ओम बहादुर गर्बुजाकोअध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन थाईवाङ आधारभुत विद्यालयका शिक्षक बलिभद्र गौतमले गरेका थिए ।

गाउँसम्म जोड्ने सडक अत्यन्न जोखिम भएपछि आवतजावतमा मर्मत तथा विस्तारबाट अभियानको सुरुवात गरिएको थियो । यसैविच अभियानका संस्थापक रन्तिजा र श्रीमति कृष्ण कुमारी रन्तिजाले थाईवाङ आधारभुत विद्यालयमा ८४ जना विद्यार्थी, ११ जना शिक्षक र कर्मचारी र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहलाई स्टेशनरी र खाजा उपलब्ध गराएका थिए ।