म्याग्दीको कहाँ कति मत खस्यो (विवरण)

0
180

आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदानमा म्याग्दीमा करिब ६३ प्रतिशत मत खसेको छ । विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त जानकारी अनुसार ६३ प्रतिशत मतदाताहरुले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकामा ५९ प्रतिशत,बेनी नगरपालिका ६६ प्रतिशत,रघुगंगा गाउँपालिकामा ६३ प्रतिशत,धौलागिरि गाउँपालिकामा ५६ प्रतिशत,मंगलामा ६१ प्रतिशत,मालिका गाउँपालिकामा ५२ प्रतिशत गरी समग्रमा करिब ६३ प्रतिशतको मत खसेको हो । सबैभन्दा धेरै मंगला गाउँपालिका र थोरै मालिका गाउँपालिकामा मतदान भएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिकामा गरी ७५ हजार ५ सय ३८ मतदाता रहेका छन् । त्यसैगरी ७२ मतदान स्थल र १ सय ६ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

धौलागिरि गाउँपालिका
जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ सय ७३ मतदाता रहेको धौलागिरि गाउँपालिकाको गुर्जामा ३ सय ७५ मत खसेको छ । सोही गाउँपालिकाको लुलाङमा ५ सय ९४ मत खसेको छ । लुलाङमा ९४६ मतदाता थिए । त्यस्तै १६६१ मतदाता रहेको मुनामा १ हजार ४४ मत खसेको छ भने १६८४ मतदाता रहेको मुदीमा जम्मा ९ सय ५४ मात्रै मत खसेको छ । ८ सय ४५ मतदाता रहेको मल्काबाङमा ५सय १० मत खसेको छ भने १२२८ मतदाता रहेको मराङमा ६सय १२ मत मात्र खसेको छ । मराङमा कुल मतदाताको आधा प्रतिशत पनि मत खसेन । त्यसैगरी २ हजार ६०६ मतदाता रहेको ताकममा १ हजार ६ सय ४० मत खसेको छ ।

मालिका गाउँपालिका
मालिका गाउँपालिकाको निस्कोटबाट ८ सय ५४ मत खसको छ । निस्कोटमा १ हजार ३९४ मतदाता रहेका थिए । १ हजार ९५५ मतदाता रहेको रुम ‘क’केन्द्रबाट १ हजार २८४ मत खसेको छ । त्यसैगरी रुम ‘ख’ रुमडाडाँ केन्द्रबाट ६७७ मत खसेको छ । त्यहाँ १ हजार २१२ मतदाता रहेका थिए । १ हजार ४१७ मतदाता रहेको ओखरबोटमा ८१८ मत खसेको छ भने २ हजार २२९ मतदाता रहेको देविस्थानबाट १ हजार ४०४ मत खसेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट १ हजार १८२ मत खसेको छ । दरवाङ केन्द्रमा १ हजार ९०० मतदाता छन् ।त्यस्तै १ हजार २०७ मतदाता रहेको विममा ७१३ मत खसेको छ ।

मंगला गाउँपालिका
कुल ११ हजार ५८८ मतदाता रहेको मंगला गाउँपालिकाबाट जम्मा ७ हजार २७२ मत खसेको छ । २ हजार ५०१ मतदाता रहेको मंगलाको कुँहू मतदान केन्द्रबाट १ हजार ६२० मत खसेको छ । त्यसैगरी २ हजार ६३२ मतदाता रहेको बाबियाचौरबाट १ हजार ७५० मत खसेको छ । उता २ हजार २३० मतदाता रहेको बरंजा ‘क’ केन्द्रबाट १ हजार ३९९ र १ हजार २ सय १६ मतदाता रहेको बरंजा ‘ख’ केन्द्रबाट ७२७ मत खसेको छ । त्यसैगरी ३ हजार ९ मतदाता रहेको अर्मनबाट १ हजार ७७६ मत खसेको छ ।

रघुगंगा गाउँपालिका
त्यसैगरी क्षेत्र ‘क’ अन्र्तगतको रघुगंगा गाउँपालिकाको बेग मतदान केन्द्रबाट ७ सय ४५ मत खसेको छ । बेगमा १ हजार २६० मतदाता रहेका छन् । त्यस्तै २ हजार ६२५ मतदाता हरेको भगवतिबाट १ हजार ७९४ मत खसेको छ । उता ३ हजार ४०७ मतदाता रहेको पिप्लेबाट १ हजार ९७३ मत खसेको छ । ९१९ मतदाता रहेको दग्नामबाट ७६१ मत खसेको छ । ८७५ मतदाता रहेको झीँबाट ६३१ मत खसेको छ । १ हजार ७२७ मतदाता रहेको पाखापानीबाट ९६० मत खसेको छ भने १ हजार ३ मतदाता रहेको चिमखोलाबाट ६४४ मत खसेको छ । त्यसैगरी ९५६ मतदाता रहेको कुइनेमंगलेबाट ५८३ मत खसेको छ ।

अन्नपूर्ण गाउँपालिका
उता अन्नपूर्ण गाउँपालिकाको दोवाबाट ५ सय ४५ मत खसेको छ । दोवामा ८८४ मतदाता रहेका छन् । त्यसैगरी ५६८ मतदाता रहेको भूरुङतातोपानीबाट ३ सय ८३ मत खसेको छ भने १ हजार ४४२ मतदाता रहेको दानाबाट ९५८ मत खसेको छ । त्यस्तै १ हजार २७० मतदाता रहेको नारच्याङबाट ९०१ मत खसेको छ । १ हजार ९७० मतदाता रहेको घारबाट १ हजार ३५० मत खसेको छ । १हजार ४२१ मतदाता रहेको राम्चेबाट ७५९ मत खसेको छ ।

बेनी नगरपालिका
यता १९ हजार ५९३ मतदाता रहेको बेनी नगरपालिकामा जम्मा १३ हजार ५६ मत खसेको छ । बेनी नगरपालिका वडा नं १ रत्नेचौरबाट जम्मा १ हजार ४३० मत खसेको छ । रत्नेचौरमा २ हजार १३ मतदाता रहेका छन् । त्यस्तै २ हजार ४६७ मतदाता रहेको बेनपा २ ज्यामरुककोटबाट १ हजार ६१८ मत खसेको छ । त्यसैगरी २ हजार २३१ मतदाता रहेको वडा नं ३ भकिम्लीबाट १ हजार ४सय मत खसेको छ ।

उता २ हजार २१८ मतदाता रहेको वडा नं ४ सिंगावाट १ हजार ४९७ र २५८१ मतदाता रहेको वडा नं ५ पुलाचौरबाट १ हजार ६२१ मत खसेको छ । त्यस्तै २ हजार १२५ मतदाता रहेको वडा नं ६ अर्थुङ्गेबाट १हजार ५२२ मत खसेको छ । वडा नं ७ बेनी ‘क’ बाट ६६० मत खसेको छ । ७ नं वडामा ९४९ मतदाता रहेको छन् । त्यसैगरी ८७५ मतदाता रहेको वडा नं ८ बेनी ‘ख’मतदान केन्द्रबाट ६३४ मत खसेको छ । २ हजार ८५६ मतदाता रहेको वडा नं ९ घतानबाट १हजार ८५६ मत खसेको छ ।

त्यस्तै बेनी नगरपालिकाको वडा नं १० मा पर्ने पात्लेखेतबाट ८१५ मत खसेको छ । पात्लेखेतमा १ हजार २८८ मतदाता रहेका छन् । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा म्याग्दीमा कुल ६७ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केही प्रतिशत मत कम खसेको छ । जाडोको समय, भौगोलिक विकटता, मतदाता विदेशमा रहनु र निर्वाचनमा खटिएकाले मत हाल्न नपाउनुजस्ता कारणले मत प्रतिशत घटेको अनुमान गरिएको छ । धु्रबसागर शर्मा