म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा हुने छैटौैं म्याग्दी महोत्सव,माघे संक्रान्ति मेला एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलामा १ लाख ५० हजार आन्तरिक पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

‘उद्योग, ब्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गदैं पर्यटन प्रर्वद्धन गरौं’ भन्ने मुल नाराका साथ आगामी पुष २८ गते देखी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको थियो । महोत्सवको अवलोकनका लागि आएका दर्शकलाई जिल्लाभित्रका पर्यटकीय, धार्मिकस्थलका साथै आन्तरिक पर्यटकलाई आर्कषित गर्ने पदमार्गसम्म पुग्ने वातावरण बनाएको जनाइएको छ ।

हरेक तीनबर्षमा आयोजना हुने महोत्सवमा स्थानिय तथा आयातीत साम्रागीको विक्री वितरण, फोटो प्रर्दशनी, जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा उत्पादिन कृषिजन्य, हस्तकला लगाएतका साम्रागीको विक्री वितरण गरिने अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । ‘महोत्सवको तयारी सुरू भएको छ ।जिल्लाभित्रका उत्पादनलाई बजारीकरणमा प्राथमिकता दिनेछौ’ कर्माचार्यले भन्नुभयो । कृषि, पर्यटन, जलविद्युत र महिला उद्यमीको उत्पादनलाई बजारीकरणमा प्राथमिकता दिने बताउनुभयो ।

जिल्लाभित्र रहेका ६ वटा स्थानीय तहका महत्वका बारेमा समेत महोत्सवमा जानकारी गराउने बताएका थिए ।हरेक स्थानीय तहभित्र फरक–फरक सम्भावना रहेकाले त्यसलाई छुट्टै स्थलमा राखेर प्रचारप्रसार र लगानीको वातावरण बनाउने बताउनुभयो । सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने महोत्सवमा ६ करोडको कारोबार गर्ने लक्ष्य रहेको छ । महोत्सवमा अवलोकन गर्न आउने दर्शकलाई प्रति टिकट २ हजार, १ हजार र ५० रूपैयाँ कायम गरिएको छ ।

टिकट विक्रीबाट बेनीबजारमा जडान गरिएको सिसी क्यामेरा, पत्रकार महासंघको संस्थागत विकास, कालिपुल सरसफाई लगाएत विभिन्न सामाजिक संघसंस्थालाई टिकट विक्रीबाट सहयोग गर्ने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवभित्र २ सय वटा स्थल राखिने छ ।

पत्रकार सम्मेलनमा संघका निर्वतमान अध्यक्ष जीवन बहादुर विश्वकर्माले धौलागिरि अञ्चलका साथै ४ नं प्रदेशका जिल्लाहरूका उत्पादन र सहभागिता बताउनुभयो । महोत्सवमा जिल्लाभित्र सम्भावना रहेका जलविद्युत आयोजनाका बारेमा समेत जानकारी गराउँदै लगानी भित्राउन समेत पहल गरिने बताउनुभयो।पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष कुविर कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेश शाक्य लगाएतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन महासचिव लिलाराम गौतमले गर्नुभएको थियो ।