बिभिन्न सामाजिक तथा खेलकुदको क्षेत्रमा अगाडी बढेको लर्वस युवा क्लव बेनी म्याग्दीले गलेश्वरमा बृद्धा आश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको छ ।

बेनी बजारको वडा ८का युवाहरुले खेलकुद संगै म्याग्दीमाहुने बिभिन्न खालका बिपतहरुमा सहयोग गदै आएको क्लवले गलेश्वर बृद्धाआश्रममा रहेका ६५ जना बृद्धवृद्धाहरुलाई २८ हजार बरावरको न्यानो पछ्यौरी बितरण गरेको क्लवका सचिव सागर बरुवालले जानकारी दिएका छन ।

क्लवका अध्यक्ष सुर्वण खत्रीको अध्यक्षतामा भएको बितरण कार्यक्रममा बोल्दै गलेश्वर शिवालय क्षेत्र बिकास कोषका उपाध्यक्ष पण्डित भिमनाथ प्रराजुलीले अन्य ठाउँमा युवाहरुले आफ्ना बृद्धा आमा बाबालाई आश्रम लिएर छाड्ने गरेको पाईन्छ तर म्याग्दीका हरेक युवाहरु यहाँ आएर आमाहरुको सेवा गरेको पाउदा हामीले गलेश्वर धाम आउने धार्मिक पर्यटकहरुलाई हृदय ठुलो पारेर म्याग्दीका युवाको उदारण दिने गरेको बताउदै यसले अन्य जिल्लाका युवाहरुलाई समेत प्रभाव परेको बताउनु भएको छ । बितरण कार्यक्रमको संचालन क्वलका सचिव सागर बरुवालले गरेका थिए ।