म्याग्दीमा लगानी भित्राउन विकास मञ्च गठन

0

म्याग्दी जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने उदेश्यले म्याग्दी विकास मञ्च गठन भएको छ । बिहिबार जिल्लाको सदरमुकाम बेनीमा भएको एक भेलाले जिल्ला सामाजिक, शैक्षिक,साहित्यिक, कला, भाषिक, बौद्धिक,धार्मिक, ऐतिहाँसिक, पुरातात्विक सम्पदाको संरक्षरण गदैं पर्यटन,कृषि, उर्जाको क्षेत्रमा लगानी भित्राउन तेज प्रकाश पुनको अध्यक्षतामा १७ सदस्यीय तर्दथ समिति गठन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ, द्धितिय उपाध्यक्ष बिजय श्रेष्ठ,महासचिव दिनेश नारायण श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल, सचिव कुविरकुमार श्रेष्ठ, सह कोषाध्यक्ष जीवन बहादुर विश्वकर्मा रहेका छन् । त्यसैगरी सदस्यमा सृजना भट्टचन, सृजना श्रेष्ठ,विष्णु गुरूङ, शेर बहादुर केसी,रमेश गिरी,लोकेश पुन, सुन्दर शाक्य,सुर्वण रिजाल रहेको महासचिव श्रेष्ठले बताए ।

तर्दथ समितिले आवश्यक कानुनी प्रक्रिया पुरा गरी प्रथम अधिवेशनबाट लगानी र सामाजिक गतिविधिलाई अगाडी बढाउने जनाइएको छ । मञ्जका अध्यक्ष पुनले जिल्लामा प्रचुर सम्भावना रहेका क्षेत्रमा विश्वका विभिन्न मुलुकबाट समेत लगानी भित्राउने गरी संस्थाले आफ्नो गतिविधिलाई अगाडी बढाउने बताए । ‘लगानीका क्षेत्रहरु पहिचान भइसकेका छन् । सामाजिक कार्यहरुसंगै लगानीका लागी उपयुक्त गन्तब्यका रुपमा चिनाउँछौ’ पुनले भने ।

उनले पर्यटन र जलविद्युतमा लगानीको सम्भावना अत्याधिक भएपनि रोजगारीको खोजीमा जिल्ला बाहिर जाने यूवाहरुलाई रोक्ने गरी थप कृषि सहितका रोजगार दिन सकिने साना ब्यवसायलाई समेत प्राथमिकता दिने बताए । उनले जिल्लाभित्रका महिला उद्यमीको उत्पादनलाई बजारीकरणका साथै सीपमुलक गतिविधिमा समेत सघाउने बताए।

हकङका सफल नेपाली निर्माण ब्यवसायी समेत रहेका पुनले जिल्ला भित्रका स्थानीय तहसंग समन्वय गरी लगानी र सहितका योजना बनाउने बताए । उनले संस्थाको स्थापना भन्दा पनि जिल्लाभित्रका आवश्यकतालाई केन्द्रित गरेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । भेलामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले संस्थाको नाम अनुसार काम गर्ने गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।

भेलामा मोना आइसीका संरक्षक सुवास कुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, विभिन्न संघसंस्थामा प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । म्याग्दीमा जन्मथलो भई देशका विभिन्न जिल्लाका साथै विश्वभर छरिएर विभिन्न पेशा, ब्यवसाय, शिक्षा लगाएतका क्षेत्रमा सक्रिय रहेकाहरु संस्थापक सदस्य बन्ने गरी विधान तयार गरिएको छ । भेलामा सहभागि भएकाले जिल्लामा लगानीको आवश्यकता रहेको बताउँदै संस्थाले स्वदेशी सहित विदेशी लगानीलाई समेत प्रोत्साहन गर्ने गरी विभिन्न सेमिनार सहितका कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।