लोक तथा दोहोरी गायिका सीता थापाको उपचारमा पुन मगर समाज यूकेले आर्थिक सहयोग गरेको छ । सांगितिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा स्टेजमै लडेकी थापाको उपचारमा संकलन गरिएको समाजले २ लाख १३ हजार समाजका सल्लाहकार मनवीर पाईजा, म्याग्दी कलाकार संघका उपाध्यक्ष सम्भोज मल्ल,सचिव राम गगन, कोषाध्यक्ष पूर्न थापाले अस्पतालमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

पश्चिम म्याग्दीको दरवाङमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको गत असोजको तेस्रो दोस्रो महाधिवेशनमा सांगितिक कार्यक्रम प्रस्तुत गर्दा गम्भीर घाईते भएपछि तत्काल उपचारका लागि पठाइएको थियो । म्याग्दीको बेनपा- १० वाखेत स्थायी घरभई हाल काठमाण्डौमा बस्नै थापा मगर समुदायको पहिचानको रुपमा चिनिने थाली नाचको सर्जक समेत हुन् ।

थाली नाचको प्रचारप्रसारमा सक्रिय रहेकी थापा घाईते भएपछि म्याग्दी काठमाण्डौ कलाकार मञ्चले समेत उपचारमा आर्थिक सहयोग जुटाइरहेको छ । काठमाण्डौको नर्भिक अस्पताल र थेरापी गरिरहेकी थापाको बायाँ हात खुट्टा अझै चलेको छैन् । थापाको उपचारमा थप सहयोगको आवश्यकता रहेको म्याग्दी काठमाण्डौ कलाकार मञ्चले जनाएको छ ।