भीरबाट खसेर महसिकारीको मृत्यु

0
229

म्यादीको रघुगंगा गाउँपालिका ४ दग्नाम गैहीगाउँका एक महसिकारीको भीरबाट खसेर मृत्यु भएको छ । भीर महको सिकार गर्ने क्रममा खसेर म्यादीको रघुगंगा गाउँपालिका, ४ दग्नाम गैहीगाउँका ४८ वर्षीय तिलु पुर्जाको मृत्यु भएको हो । समुहमा महसिकार गर्न गएका पुर्जा कसरी दुर्घटनामा परेका हुन भन्ने कारण खुलेको नसकेको प्रहरीले जनाएको छ ।

‘भीरबाट मह काढ्न लाग्दा खसेर मृत्यु भएको खबर आएपछि हामी पछि मलामी गएका हौं, यस अघि यो भीरमा मह झिक्ने चलन थिएन’ स्थानीय विष्णु पुनले टेलिफोनमा सुनाईन । मीठो र गुणकारी भएपनि भीरमह झिक्न भने गार्‍हो छ । चोयाको डोरीको भर्‍याङ्ग बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम रहेको छ ।

मह निकाल्ने मुख्य ब्यक्तिले सुरक्षा वेल्ट समेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गरिने हुँदा दुर्घटना हुने गरेको छ । ‘भीरमह झिक्दा बल, साहस र वुद्धिको आवश्यक हुन्छ । ज्यानको बाजी थापेर गरिने महशिकारमा थोरै गल्ती भएमा ज्यान जान्छ’ चिमखोलाका महसिकारी ध्रुव पाईजाले सुनाए ।  ekantipur.com