कालीगण्डकी करिडोर क्षेमा निर्माण जलविद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न म्याग्दीमा दानामा सबस्टेशन निर्माण कार्यले तीब्रता पाएको छ । एसियाली विकास बैंक (एडिवी)को आर्थिक सहयोगमा विद्युत प्राधिकरणले निर्माण गरिरहेको सबस्टेशनको अहिलेसम्म ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

दुई अर्ब ९० करोड रुपैयामा ठेक्का सम्झौता गरेको टाटा प्रोजेक्ट एण्ड चिन्ट ईलेक्ट्रिक जेभीले पूरा भइसकेको १८ महिनामा उत्साहजनक काम गरेको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिए । ‘अबको ६ महिनामा सम्पन्न गर्नुपर्ने बाध्यकारी अवस्थाका बीच हामीले तीब्र रुपमा काम गरिरहेका छौँ’, उनले भने ।लेखा प्रमुख सुवेदीका अनुसार, सबस्टेशन निर्माणसँगै आयोजनाले ३८ किलोमिटर लामो दाना–खुर्कोट प्रशारण लाइन निर्माण कार्यलाई अघि बढाएको छ । पर्वतको खुर्कोटमा सबस्टेशन निर्माण कार्य जारी छ ।

खुर्कोटबाट बुटवलको बर्दघाट हुदै काठमाडौँ र भारतको गोरखपुर प्रशारण लाइनमा विद्युत जडान हुनेछ । दाना–खुर्कोटमा साना–ठुला गरि १५० वटा प्रशारण टावर निर्माण हुनेछ । त्यसका लागि सरकारी, गुठी र व्यक्तिगत जग्गाको पहिचान गरि मुआब्जा वितरणको कार्य सुरु गरिएको छ । ‘अधिकाँश टावरहरु सरकारी जग्गामा पर्ने देखिएको छ । ४० जनाको २५ रोपनी जति जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ’, लेखा प्रमुख सुवेदीले भने, ‘त्यसका लागि सूचना प्रकाशन देखि मुआब्जालाई मूल्य निर्धारणको काम भइरहेको छ ।’

म्याग्दीको अन्नपूर्ण, रघुगंगा र पर्वतको जलजला गाउँपालिका अन्र्तगत पर्ने जग्गाको मुआब्जा वितरण हुने आयोजनाले जनाएको छ । मुआब्जा वितरणपछि बीच भागमा पर्ने रुखहरु काटने प्रक्रिया सुरु हुनेछ । ‘त्यसका लागि एडिवीले छुट्टै कन्सल्टेन्ट नियुक्त गरिसकेको छ । उसले कहाँ–कहाँ कुन–कुन रुख काट्ने भनेर चिन्ह लगाउने र रेखी गरिसकेको छ’, आयोजनाका प्रारम्भिक अधिकृत रमेश खड्काले भने, ‘जिल्ला वन कार्यालय हुदै त्यो फाइल वन मन्त्रालय पुगेको छ, मन्त्रीपरिषद् वैठकबाट पारित भयो भने रुख काट्ने प्रक्रिया पनि सुरु हुनेछ ।’ सबस्टेशन र प्रशारण लाइन निर्माण कार्यले तीब्रता पाएसँगै कालीगण्डकी करिडोर क्षेत्रमा निर्माणधिन जलविद्युत आयोजनाहरुले पनि निर्माण कार्यलाई तीब्र बनाएका छन् । कालीगण्डकी करिडोर अन्र्तगत अहिले मुस्ताङको कोबाङमा १४ मेघावाट क्षमत्ताको थापाखोला निर्माण भईसकेको छ ।

सबस्टेशन र प्रशारण लाईनको अभावमा दुईबर्ष ढिला भएको आयोजना अबको एकबर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको मिस्त्रीखोला जलविद्युत आयोजनाका इञ्जिनियर दिवाकर खड्काले जानकारी दिए । ‘समग्रमा हाम्रो अहिले ४० प्रतिशत कार्य सम्पन्न भएको छ । यो सबस्टेशन र प्रशारण लाइनको ग्यारेन्टीले संभव भएको हो’, उनले भने, ‘सबस्टेशन ढिला भएकै कारण हामी दुई बर्ष ढिला भइसकेका छौँ ।’ मिस्त्रीसँगै ४ मेघावाटको घलेम्दीखोला पनि अबको ८ महिनाभित्र निर्माण सम्पन्न हुनेछ । त्यस्तै ४० मेघावाटको राहुघाट, ३८ मेगावाटको नीलगिरि, ६२ मेगावाटको नीलगिरि क्यास्केट, १० मेगावाटको रेलेखोला आयोजनाले निर्माण कार्यलाई तीब्र बनाएका छन् ।

दर्लिङमा रिङ्ग रोड निर्माण गर्न बुढाको अध्यक्षतामा समिति गठन बडीगाड गाउँपालीका वडा नं १० दर्लिङमा बुधबार रिङ्ग रोड (मोटरबाटो) निर्माण समिती गठन गरिएको छ । वडा नं १० का अध्यक्ष वीरेन्द्र बुढाको उपस्थीतीमा भएको भेलाले हर्क बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय मोटरबाटो निर्माण समिती गठन गरेको छ ।

समितीको उपाध्यक्षमा बलीस्वर बुढा , सचिबमा मित्रलाल घर्ति सहसचिबमा जीवन बुढा कोषाध्यक्षमा उषा थापा बुढा , लगायत अन्य सदस्यहरु रहेका छन् । उक्त मोटरबाटोलाई वडा नं १०को दर्लीङ चिसापानी नीगलपानी जोड्ने रिङरोडका रुपमा निर्माण गरिने वडा अध्यक्ष बुढाले बताए । यसका लागी दुई खण्डमा बिभाजन गरेर मोटरबाटो निर्माण गरीदै छ । पहिलो खण्ड आरुपाटादेखी दर्लीङ माबि र दोस्रो खण्ड निगलपानी, चिसापानी रहने बताईएको छ ।

दुईबर्ष भित्र रिङरोड निर्माण पुरा गरिने लक्ष्य रहेको उक्त बाटोको निर्माणका लागी यो बर्ष ४५ लाख रुपौया बजेट बिनियोजन भएको वडाध्यक्ष बुढाले जानाकारी दिए । बडा नं १०को भौगोलिक बनावटले साथ नदिएकाले रिङरोड निर्माण गर्न लागिएको हो । सडक यातायातले नछोएकाले त्याहाका स्थानिय बासीन्दाले सास्ती खेप्दै आएका छन् । यो रिङरोड निर्माण भएसंगै त्याहाँका बासिन्दालाई प्रसाशनिक लगायत हरेक काममा छिटो र सहज हुने अध्यक्ष बुढाको भनाई छ ।