पब्लिक भिजन केवलको अध्यक्षमा पुनः हमाल

0
195

पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट टंक हमालको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मण शर्मा, सचिव धुव्रराज कार्की, कोषाध्यक्ष विनोद केसी, सहसचिव हरिप्रसाद पौडेल रहेका छन् । त्यसैगरी सदस्यहरूमा अण बहादुर खड्का ‘भगवान’, भुलमायाँ तिलिजा ‘भुनु’, हरिकृष्ण गौतम, गोविन्द बानियाँ, अमृतदेवी बानियाँ, राम प्रसाद पौडेल, बीर बहादुर थापा, ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा दिपेन्द्र श्रेष्ठ ‘दिपु’ गेम बहादुर घर्ती, राजकुमार श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् ।साधारणसभाको उद्घाटन सत्रको अवसरमा बोल्दै संस्थापक अध्यक्ष मुक्ती रोकाले जिल्लाका अति दुर्गम क्षेत्रसम्म कार्यक्षेत्र बनाएर सेवा प्रदान गनुपर्नेमा जोड दिनुभयो । सेवाग्राहीको समस्यालाई तत्काल समाधान गर्ने गरी कर्मचारीबाट भइरहेको सक्रियताले उत्साहित भएको बताउँदै रोकाले नयाँ कार्यसमितिले डिजिटल प्रविधि र सेवा विस्तारलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो । २०६५ सालमा स्थापना भएको केवल नेटवर्कको कुल सेयर सदस्य ४०६ जना रहेका छन् ।

गत आर्थिक बर्षमा कुल १ करोड ३४ लाख कारोबार गरेको केवलले बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सेवा विस्तार गरेको छ । साधारणसभाको अवसरमा सेयर सदस्य कृष्ण बहादुर बानियाँ, बविता सापकोटाले मन्तब्य राखेका थिए । टंक हमालको अध्यक्षता, मुक्ति रोकाको प्रमुख आतिथ्यता, उपाध्यक्ष लक्ष्मण शर्माको स्वागत र सचिव धुव्रराज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष हमालले एनलग सिस्टमको प्रविधिलाई परिवर्तन गरी डिजिटल सिस्टमा जाने तयारी भइरहेको बताउँदै सेवाग्राहीलाई सन्तुष्ट पार्ने गरी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।