विष्णु माझिको स्वरमा धौलागिरी हिमालको छाँया खोज्दै (भिडियो)

0

बजारमा दिनहुँ ठुलो संख्यामा लोकगित निस्कीन्छन् तर जनमनमा बस्ने गितको संख्या निकै कम छ । लोकगित मौलीक हुनुपर्छ र त्यसमा नयाँ पन आउनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेका केहि गितहरु मात्रै दर्शक स्रोताले हेर्ने,सुन्ने र मनपराउने कोटीमा पर्छन ।

डाँडै फुर्के सल्लो……
मायालुको शहरमा ……………..
मिनिबसले लयो ……

यि गितमा लोकगित सुन्ने जो कोहिले पनि सजिलै अपन्त्व लिन सक्छन् । सबै गित फरक कथामा बगेका छन् भने मौलीक शब्द र लयमा नयाँ पनि जोडिनु यि गितका दरीलो पाटो हो । यि सबै गितका शब्द लेखेका नवराज पन्त गित सुन्नेले गितको कुनै न कुनै भागमा आँफुलाई भेटाउनु पर्ने मान्यता राख्छन् । मायालुको शहरमा मेरो गाँउमा घर छ …… यो गितमा गाँउबाट शहर झरेर डेरा गरी बस्नेहरुको मायाप्रेम जोडिएको छ ।

डाँडै फुर्के सल्लोमा मायालुको खोजीमा गाँउ पुग्नेको कथा छ । संगितकर्ममा लाग्ने हरकोहिको मनशाय आफ्नो शब्द संगित अर्थात आफ्नो गित सुन्ने जो कोहीले पनि सजिलै स्मरण गर्न सकुन भन्ने हुन्छ यो मानेमा शब्द संकलक नवराज पन्त सफल भएका छन् । सबै भन्दा उत्कृष्ट प्रतिष्पर्दा आफ्नो आँफैसँग हुने रहेछ पन्तकै शब्दमा भन्ने हो भने उनकै शब्द संकलनमा पछिल्लो पटक बजार आएको धौलीगिरी हिमालको छाँया कहाँ होला …..यस अघिका सबै गित भन्दा उत्कृष्ट छ ।

तर यो गितको म्युजीक भिडियो भने अपेक्षीकृत छैन । क्यामेरा र लोकशनको प्रयोग बलीयो भएपनि कथाको पाटो भने कमजोर बनेको छ । समग्रमा अबको केही समय यो गित बजार भने पक्कै तताउने छ ।

गितको भिडियो

धौलागिरिमा अत्याधिक प्रयोग हुने ठेट शब्दहरुको संयोजन यो गितको बलीयो पाटो हो भने लय र संगित पनि भिन्न स्वादको छ । बसन्त थापाको स्वर र नवराज पन्तको शब्दको टिउनीङ मिलेको छ । सुरुवाती देखी अन्तीम शब्द  सम्म मानिसलाई बाँधेर राख्न सक्नुनै यो गित सफलताको कशी हो ।गितमा अत्याधुनिक प्रविधि ड्रोन क्यामेराको प्रयोग गरी दृश्यलाई कैद गर्ने प्रयास गरीएको देखीन्छ ।