सडकबाट यसरी उद्धार गरियो बृद्ध (फोटो फिचर)

0
297

म्याग्दीको सदरमुकाम बेनीमा बषौं देखी बेनीबजारको सडकमा अलपत्र अवस्थामा रहेका एक बृद्धलाई उद्धार गरिएको छ । टेक बहादुर पुन ‘पुन बाजे‘को नामले चिनिने बृद्धलाई जाडो मौसममा खुल्लामञ्चमा एकसरे कपडामा भेटिने बृद्धलाई बेनीका सक्रिय यूवा प्रकाश पौडेलको नेतृत्वमा उद्धार गरिएको हो । तीनदशक यता बेनीबजार तथा ग्रामिण क्षेत्रमा भरियाको काम गर्ने गरेका बृद्ध पुन विरामी भएकै कारण लामो समयसम्म सडकमा अलपत्र भेटिने गरेका थिए ।

खुल्लामञ्च, बालमन्दिर चोक आसपासको क्षेत्रमा भेटिने बृद्धको अवस्था दयनीय भएपछि पौडेलको सक्रियतामा बृद्धको सरसफाई गरी लत्ताकपडाको ब्यवस्थापन समेत गरिएको थियो । ’उनको अवस्था नाजुक देखियो, सरसफाई गरी उपचारका लागि अस्पताल लगेका छौ’ पौडेलले बेनीअनलाइनलाई भने । उनले खुल्लामञ्चको स्टेजमा दिनरात विताउने गरेका बृद्धको अवस्था दिनप्रति दिन गम्भीर भएको जानकारी पाएपछि उद्धार गरिएको बताए ।

‘तत्कालै हामीले पनि सहयोग प्राप्त ग¥यौं । स्वास्थ्य उपचार पछि आश्रममा पठाउनेछौ’ पौडेलले भने । समाजनमा देखिएका समस्यालाई समाधान गर्न यूवाहरुले सक्रियता देखाउनुपर्ने बताउँदै पौडेलले आगामी दिनमा रचनात्मक कार्यलाई प्राथमिकता दिने बताए । बृद्धलाई बेनी अस्पतालमा भर्ना गरिएको छ । बृद्धको उपचार भइरहेको छ । सामान ढुवानी गरेर जीवन निर्वाह गर्ने गरेका बृद्ध सडक आसपासमा मागेर दैनिकी चलाउने गरेका थिए ।