मनाङ र मुस्ताङको परिणाम पहिले आउने

कुनै विवाद भएर मतगणना ढिला नभए सबैभन्दा पहिले कम मतदाता भएका जिल्लाको परिणाम आउनेछ। सबैभन्दा कम मतदाता मनाङमा रहेको छ। यहाँ ५ हजार ८ सय ८० मतदाता रहेका छन् भने यहाँको मतपत्र पनि दुई वटा चिह्नमात्र रहेको हुनाले गणना छिटो हुने अपेक्षा गरिएको छ।

त्यसैगरी मुस्ताङमा पनि ९ हजार ४२७ मतदाता मात्र रहेका छन्। यहाँको प्रतिनिधि सभा र प्रदेश सभाको  मतपत्रमा पनि दुई वटा मात्र चिह्न रहेका छन्।  प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम चार दिनभित्र र समानुपातिकको आठ दिनभित्र मत परिणाम आइसक्ने दावी निर्वाचन आयोगले गरेको छ।

शेयर