यसरी हुन्छ मतगणना

मतगणना निर्देशिका अनुसार मतगणना सुरु गर्न ठीक छ भनिसकेपछि सबैभन्दा पहिला मतपेटिकाको सिल तोडिन्छ। सिल तोडेपछि मतपत्र खन्याइन्छ। खन्याएर खाली भएको मतपत्र सबैलाई देखाएर सुरक्षित राखिन्छ।

मतपेटिका घोप्ट्याएर मतपत्र निकालिन्छ। त्यसपछि मतगणनामा खटेका कर्मचारीले मतपत्र उपस्थित प्रतिनिधिलाई देखाउँछन् र मतगणना सुरु गर्छन्। यसपटक मतगणना गर्ने स्थानमा दलका प्रतिनिधिहरुलाई सहजै मतपत्र छुन नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ। सबैभन्दा पहिले बदर मत छुट्टाएर मात्र सदर मतको गणना हुन्छ।

पूरै बदर नभएको मतपत्र बदर मतगणनाकै क्रममा छुट्टाइने छ। शुक्रबारसम्म कम मतदाता भएका क्षेत्रको मतगणना आइसक्ने आयोगले जनाएको छ। प्रवक्ता ढकालले भने ‘केही जिल्लामा शुक्रबारसम्म मतगणना आइसक्ने अनुमान गरेका छौं।‘प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्भव भएसम्म एकै पटक गर्ने र त्यो सकिएपछि समानुपातिकतर्फको मतगणना प्रतिनिधि सभा र प्रदेश सभाको एकै पटक गर्नुपर्ने मतगणना निर्देशिकामा उल्लेख छ।

शेयर